|
|
२०८२ आश्विन २२
4.7k views
ललितपुर । चौधरी ग्रुपका प्रवन्ध निर्देशक निर्वाण चौधरीले बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत जेनजी आन्दोलनका क्रममा शहीद भएका प्रत्येक परिवारका एक सदस्यलाई रोजगारी दिने घोषणा गरेका छन् । शहीदप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेका छन् । उनले भनेका छन्, ुजेनजी आन्दोलनका प्रत्येक शहीद परिवारका एक सदस्यलाई रोजगारी प्रदान गर्ने वाचा मात्र नभएर गहिरो कर्तव्य र श्रद्धा भएको उल्लेख गरेका छन् ।
चौधरीले आन्दोलनका क्रममा आफ्नो निजी निवास, कार्यालय, शोरूम र कारखानाहरूमा भएको ठुलो क्षतिप्रति पनि दुःख व्यक्त गरेका छन् ।
सीजीले शहीद परिवारहरूसँग प्रत्यक्ष सम्पर्क सुरु गरिसकेको बताउँदै उनले आवश्यक विवरणका लागि कर्पोरेट कम्युनिकेसन विभागका प्रमुख मधुसूदन पौड्याललाई सम्पर्क गर्न अनुरोध गरेका छन् ।


















फेसबुकबाट तपाईको प्रतिक्रिया