२०८२ मंसिर २६ | Dec 12, 2025

  “च्याउ किसान संघ काठमाडौंमा प्रदिप तामाङको सर्वसम्मत नेतृत्व  

BusinessPati बिजनेस पाटी
|
२०८२ मंसिर ११
|
1k views

ललितपुर । च्याउ उत्पादन किसान संघ नेपाल, काठमाडौं जिल्ला समितिको आज सम्पन्न महाधिवेशनले नयाँ कार्यसमिति घोषणा गरेको छ। समितिले जिल्लामा च्याउ उत्पादन, प्रविधि विकास तथा बजार व्यवस्थापनलाई प्रभावकारी बनाउन नयाँ नेतृत्वलाई जिम्मेवारी हस्तान्तरण गरेको हो।

महाधिवेशनको निर्णय अनुसार प्रदिप तामाङ काठमाडौं जिल्ला समितिको अध्यक्षमा सर्वसम्मत चयन भएका छन्। किसानमैत्री कार्यक्रम र संगठन विस्तारलाई प्राथमिकतामा राख्दै उपाध्यक्षमा केपी लिम्बू, सचिवमा राज खड्का, उप–सचिवमा मोहन मगराती र कोषाध्यक्षमा प्रकाश वोगटीलाई मनोनयन गरिएको छ।

त्यसैगरी सदस्यहरूमा सुमन ठकुरी, गिर्ग बहादुर तामाङ, संग्राम तामाङ र रबिन गौतम रहेका छन्। समितिले २ जना महिला सदस्य पछि मनोनीत गर्ने निर्णय समेत गरेको छ।

समितिका अनुसार नयाँ नेतृत्वले किसानलाई प्रविधिमैत्री तालिम, गुणस्तरीय बीउ तथा कम्पोस्ट उपलब्धता, बजार समन्वय, युवा–महिला सहभागिता वृद्धि लगायतका कार्यक्रमलाई प्राथमिकतामा राख्दै कार्ययोजना अघि बढाउनेछ।

फेसबुकबाट तपाईको प्रतिक्रिया