Rato Kagaj पल पलको खबर

२०८२ असार २६ | Jul 10, 2025

छानबिन समिति बनाउने लिखित प्रतिबद्धता जाहेर

BusinessPati बिजनेस पाटी
|
२०८२ असार २६

ललितपुर । प्रमुख प्रतिपक्षी दलहरूले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीमाथि छानबिन गर्न समिति बनाउने लिखित प्रतिबद्धता आए संसद् खोल्न तयार रहेको बताएका बेला नेकपा एमाले र कांग्रेसका प्रमुख सचेतकहरूले छानबिन समिति बनाउने लिखित प्रतिबद्धता जाहेर गरेका छन् ।

नयाँ बानेश्वरस्थित संसद् भवनमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, उपमहासचिव वर्षमान पुन, नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का, प्रमुख सचेतक श्याम घिमिरे र नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाबीच छलफल भएको थियो ।

प्रतिपक्षी दलहरूको प्रस्तावमा सत्ता पक्षले छलफल गर्नुपर्ने भएपछि प्रतिनिधि सभाको बैठक साढे ५ बजेसम्मका लागि सारिएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया