ललितपुर । छिमेकी मुलुक भारतका १६ राज्यमा कोरोनाको संक्रमण बढिरहेको भारतको स्वास्थ्य एवं परिवार कल्याण मन्त्रालयले जनाएको छ ।
केरला राज्यमा सबैभन्दा बढी सक्रिय केस रहेको र महाराष्ट्र राज्यमा र दिल्लीमा पनि सय भन्दा बढि केस पुष्टि भएका मन्त्रालयले जनाएको छ ।
त्यसैगरी गुजरात, तमिलनाडु ,कर्नाटक , उत्तर प्रदेश, राजस्थान, पश्चिम बंगाल , हरियाणा , पुडुचेरी, आन्ध्र प्रदेश, मध्य प्रदेश, तेलंगाना, गोवा र छत्तीसगढ राज्यमा गरी हाल सम्म कुल एक हजार ९ व्यक्तिमा कोराना कोभिड–१९ को संक्रमणको सक्रिय केस रहेको मन्त्रालयले जनाएको छ ।