देवीप्रसाद चौलागाई विभिन्न प्रकारका वनस्पति र जडीबुटीको अध्ययन, अनुसन्धान विगत चार दशक देखि गर्दै आउनु भएको छ । यद्यपी वहाँसँग कुनै एकेडेमिक अध्ययन छैन । तैपनि अनुभवका आधारमा र आफूले प्रयोग गरेको परीक्षणको आधारमा लामो समयदेखि विभिन्न रोगीहरुलाई जडीबुटीबाट बनेको घरेलु औषधिद्वारा उपचार गराइरहनु भएको छ । वहाँ विगत झण्डै ७ वर्षदेखि महालक्ष्मी नगरपालिका वडा नं. ३ स्थित बोझेपोखरी इमाडोलमा ब्यवसायिक हिसाबले प्रत्यक्ष निगरानीमा धेरै बिरामीहरुको उपचार गराइरहनु भएको छ । लकडाउनको अवस्थामा पनि वहाँले एकदिन पनि आफ्नो सेवा बन्द नगरी रोगीहरुलाई उपचार गराउनु भएको थियो । वहाँ आफै २० वर्ष अघि क्यान्सरको पिडीत हुनुहुन्थ्यो । जडीबुटीको औषधीबाटै वहाँको क्यान्सर जस्तो प्राणघातक रोगको उपचार भयो । त्यसपछि वहाँलाई यो पेशामा लाग्न थप उर्जा मिलेको छ । वहाँसँग टपटेन खबर डटकमका प्रतिनिधिसँग भएको कुराकानीको सम्पादित अंश……
१) यहाँले धेरै क्यान्सर पिडीतहरुलाई पनि निको पार्नु भयो भने सुनेको छु । के हो बताइदिनुहोस् न ?
म आफै पनि आजभन्दा २० वर्ष अघि क्यान्सर रोगबाट पिडीत थिए । जडीबुटीको नियमित सेवन पछि मेरो रोग निको भयो । आज म पूर्ण स्वस्थ छु । म कहाँ अरु ठाउँमा उपचार गराइसकेर निको नभएका थुप्रै क्यान्सर रोगीहरु आएका छन् । तिनीहरुलाई मैले जडीबुटीको माध्यमबाट उपचार गरेर निको पारेर पठाइसकेको छु । मैले करिब करिब २८–३० जना क्यान्सर पिडीतहरुलाई सफल उपचार गराइसकेको छु ।
२) कस्ता कस्ता क्यान्सरका रोगीहरु यहाँ आउने गरेका छन् ?
हड्डी क्यान्सर, लिभर क्यान्सर, ब्लड क्यान्सरका रोगीहरु प्रायः आउने गरेका छन् । उनीहरुको सफल उपचार भएको छ । एकवर्ष देखि–डेढवर्ष सम्म नियमित जडीबुटीको औषधि सेवनपछि तिनीहरुलाई निको भएको छ । निको भएका मध्ये केहिको नाम मलाई अझै सम्झना छ । काठमाडौं नरेफाँट बस्ने भावना बोहरा, भक्तपुर बस्ने सुशिला श्रेष्ठ, साहिली तामाङ्ग, ललितादेवी, झापा जिल्लाकी सरीता चौधरी, ललितपुर टिकाथली बस्ने रामभक्त रानेह लगायतका व्यक्तिहरुलाई मैले निको पारी पठाएको छु । अझै पनि उनीहरु कहिले काहीँ म सँग भेट्न, परामर्श लिन आउने गरेका छन् ।
३) अन्य कुन कुन रोगको यहाँले उपचार गर्नु हुन्छ ?
मैले क्यान्सर (अर्बुद) रोग बाहेक ग्याष्ट्रिक, कब्जियत, पाइल्स, बाथ, थाइराइड, सुगर, प्रेसर, महिला सम्बन्धि विभिन्न रोगहरु, मानसिक सन्तुलन गुमाएका नयाँ बिरामीहरु, निसन्तान दम्पतिहरुको समस्या लगायतका रोगहरुको उपचार गराइराखेको छु । यी सबै रोगहरुलाई मैले जडीबुटी औषधिको माध्यमबाट नै उपचार गराइराखेको छु । म सँग आउने प्रायः धेरै बिरामीहरुको राम्रो उपचार भएको छ । यहाँले बिरामीहरुसँग भेटेर पनि बुझ्न सक्नु हुन्छ ।
४) कस्ता कस्ता वनस्पति र जडिबुटीबाट औषधी बनाउनु हुन्छ ?
धेरै किसिमका वनस्पतिको जरा, फल, ब्रोक्रा आदिबाट जडीबूटी बनाइन्छ । यार्सागुम्बा, घीयु कुमारी, जमरा, पदमचाल, पुदीना, गोदावारी, धयेरकोफूल, खयरको चुर, जामुनाको ब्रोक्क्रा केमुना, निम, काफलको बोक्रा, सोमल्ता, जटामसी, भुइकस्तुरी, काँचो सिम्रिक, हिंगौला, सिमल, दलिया, मिश्रझार, सिकारीलहरो, दुधे दलरो, अमलसार, डालेचुक, आलस, एकपाते वनतरुल, तुलसी, विरातीकन, श्रीखौली, निगालो, जेठी मधु, कान्छीमधु, यष्टीमधु, पाखनवेध, पिपला, पाचअम्ले, बोझो, काउसो, सिम्रिक, ताप्प्रेझार, ह्याङ, भ्रिड्डीराज, धसीधरे, कागमची, भूइफल, मैनफल, कुटिलो, सतीवेटी, कुचिला, धडेरो, सतीबेरी, कुचिला, सिमलको वोक्रा, वयर, लसुन, गहत, मेथी, अमला, पुद्यीना, टिम्मुर लगायत अनेकन वनस्पति र फलबाट विभिन्न रोगको औषधि जडीबुटि बनाइन्छ । चिन्न सक्थो भने हरेक वनस्पति फलफुलहरु औषधि हुन । त्यसलाई प्रयोग गर्ने तरिका र रोग अनुसार औषधि फरक फरक हुन्छ ।
५) केही महिनादेखि कोरोना भाइरस विश्वभरी नै अत्यन्त ठूलो चुनौती को रुपमा देखा परेको छ, यसबारे तपाईको भनाई बताइदिनुस् न ?
विश्वमा कोरोना भाइरस भन्दा ठूला ठूला महामारी भएको इतिहास छ । विभिन्न महामारीमा करोडौं मानिसले ज्यान गुमाएको इतिहास छ । तर यो कोभिड – १९ अर्थात कोरोना भाइरस हाम्रो शताब्दीको ठूलो महामारी हो । आज लाखौं मानिसले यस रोगबाट ज्यान गुमाएका छन् । करोडौ मानिसहरु संक्रमित भएका छन् । कोरोना भाइरस हाम्रै कारणबाट सिर्जीत समस्या हो । मानिस आज प्राकृतिक नभएका अप्राकृतिक अर्थात् कृतिम भएको छ । हाम्रो खानपान, जीवनशैली आदिमा आएको बदलाव र प्रकृतिमाथिको दोहनले यस्ता महामारीको समस्या हुने गर्दछ । कोरोना भाइरस यो एक प्रकारको श्वास प्रश्वासको समस्या जस्तो देखिन्छ । यो भाइरसले श्वास प्रश्वासमा आक्रमण गर्ने गर्छ । रोगसँग लड्ने क्षमता भएमा यसले आक्रमण गर्न सक्दैन । रोगसँग लड्ने क्षमता बढाउन हामीले उचीत आहार, बिहार गर्नुपर्छ । सँगसँगै जडीबुटीबाट बनेका औषधिको प्रयोग गर्ने हो भने हामीलाई यो कोरोना भाइरसले छुँदैन । यो महामारी पछि विश्वमै विभिन्न प्रकारका जडीबुटीबाट बनेका औषधिहरु उत्पादन भएका छन् कोरोना सँग लड्न । हाम्रै देश नेपाल, छिमेकी राष्ट्र भारतमा समेत जडीबुटीबाट बनेका कतिपय औषधिहरु कोरोनाको लागि तयार भएका छन् । कोरोना नियन्त्रण भएपछि पनि हामीले रोगसँग लड्ने खनेकुराको उचित समय मिलाएर सेवन गर्न छोड्नु हुँदैन ।
६) यहाँले एलोभेराको जुस पनि सेवन गराइरहनु भएको छ कतिपय बिरामीलाई, के फाइदा हुन्छ यसबाट ?
एलोभेरीलाई घिउकुमारी पनि भनिन्छ । नियमित एलोभेराको जुस पिउँदा शरीरमा उर्जा बढ्नुका साथै रोग प्रतिरोधात्मक क्षमता बलियो बनाउँछ । एलोभेरामा पाइने तत्वले शरीरमा भएका बिषाक्त युक्त वस्तुलाई बाहिर निकाल्न मद्दत गर्छ । क्यान्सर रोगीले दैनिक ५० ग्राम एलोभेराको जुस पिएमा फाइदा गर्छ । एलोभेराले छालाको रोग, दाद, दाग र धब्बाका लागि समेत यो लाभकारी हुन्छ । त्यस्ता ठाउँमा यसलाई दल्नु पर्छ । साथै नियमित एलोभेराको जुस सेवनले कब्जियत र मधुमेह जस्ता रोग नियन्त्रण गर्न समेत मद्दत पुर्याउँछ ।

सम्पर्क :
चौलागाई जमरा जुस सेन्टर
९८२४८९३०८८
महालक्ष्मी न.पा. ३
बोझेपोखरी, इमाडोल