Rato Kagaj पल पलको खबर

२०८२ असार २६ | Jul 10, 2025

जलविद्युत् आयोजनाबारे राष्ट्रपतिलाई ‘ब्रिफिङ’

BusinessPati बिजनेस पाटी
|
२०८२ असार २६

ललितपुर । राष्ट्रपति रामचन्द्र पौडेललाई ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री दीपक खड्काले देशका विभिन्न भागमा सञ्चालित जल विद्युत् आयोजनाको प्रगतिबारे जानकारी गराएका छन् ।

सोमवार शीतल निवास बोलाएर मन्त्री खड्कासँग राष्ट्रपतिले जानकारी लिएका हुन् ।

मन्त्री खड्काले राष्ट्रपति पौडेललाइ १४० मेघावाट क्षमताको तनहुँ जलविद्युत् तथा १२६ मेघावाटको तल्लो सेती आयोजनामा हालसम्म भएका प्रगतिबारे जानकारी गराएकोे राष्ट्रपतिको निजी सचिवालयले जनाएको छ ।

त्यसक्रममा निर्माणाधीन सबै आयोजना चाँडोभन्दा चाँडो सम्पन्न गर्न सम्बद्ध सबै पक्ष लाग्नुपर्नेमा राष्ट्रपतिले जोड दिएका थिए ।
राष्ट्रपति पौडेलले जलविद्युत् परियोजनाहरूको योजनाबद्ध विकासबारे पनि चासो राखेको स्वकीय सचिवालयले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया