२०८२ माघ ४ | Jan 18, 2026

जाडो याममा ओखर खानुका फाइदा

BusinessPati बिजनेस पाटी
|
२०८२ कार्तिक १७
|
1.3k views

ओखर अर्थात् वालनटस् खानुका धेरै फाइदाहरु छन् । अझै भन्ने हो भने जाडो मौसममा ओखरको सेवनले शरीरलाई भरपूर मात्रामा पोषक तत्व प्रदान गर्दछ । ओखरको तेलले छालाको सौन्दर्यलाई समेत बढाउँछ । यसको प्रयोगले छाला र केसलाई मुलायम एवम् चम्किलो बनाउँछ ।

जाडो मौसम सुरु भइसकेको छ । विभिन्न कारणले हाड तथा जोर्नीहरुको दुखाइमा समेत ओखारको सेवन लाभदायी मानिन्छ । विशेषज्ञहरुका अनुसार मनतातो पानीसँग ओखर सेवन गर्दा जोर्नीको दुखाई समेत ठीक हुन्छ ।

यस्तै, ओखरलाई ‘ब्रेन फुड’ पनि भनिन्छ, जसले मस्तिष्कलाई स्वस्थ्य राख्न सघाउँछ । साथै यसले रक्तप्रवाहलाई नियमित गराउन समेत सहयोग गर्छ ।

ओखरमा अधिक मात्रामा पोषक तत्व पाइन्छ । यसमा सोडियम एकदमै कम हुन्छ भने कोलेस्टोरको मात्रा फिटिक्कै हुँदैन । यसमा भरपुर मात्रामा ओमेगा ३ फ्याटी एसिड हुन्छ । यसमा भिटामिन ए, बि–६, बि–१२, सि, डि, इ र के पाइन्छ । ओखर प्रोटिनको पनि राम्रो स्रोत हो । यसका साथै क्याल्सियम, मिनरल्स, म्यानेसियम, आइरन, फस्फोरस, जिंक, कपर प्रचुर मात्रामा पाइन्छ । ओखरलाई एन्टिअक्सिडेन्टको स्रोत समेत भनिन्छ ।

ओखरमा पाइनले प्रोटिनले मांशपेशी बढाउन सहयोग गर्छ । एक सय ग्राम ओखरमा १५ ग्राम प्रोटिन हुन्छ ।

यस्तै, ओखरलाई भिटामिन डि क्याल्सियमको स्रोत मानिन्छ । जसले हड्डीका लागि चाहिने क्याल्सियम ओखरबाट प्राप्त गर्न सकिन्छ भने जुन ओखरबाट प्राप्त फोलेट वा फालिक एसिडले मस्तिष्कलाई स्वस्थ्य राख्नुका साथै यसमा पाइनले ओमेगा ३ फ्याटी एसिडले मुटुलाई स्वस्थ्य राख्नका लागि अत्यन्तै महत्वपूर्ण भूमिका खेल्दछ ।

त्यसैगरी ओखर हाम्रो मस्तिष्क स्वस्थ राख्नका लागि लाभकारी फल हो । ओखरको सेप पनि हाम्रो मस्तिष्क जस्तै हुन्छ । र, यसको सेवनले मस्तिष्कलाई स्वस्थ्य राख्छ । खासगरी विद्यार्थी बर्गले मस्तिष्क तेज, चुस्त राख्न, स्मरण शक्ति बढाउन नियमित रुपमा ओखर सेवन गर्न सक्छन् । ओखरमा केहि शक्तिशाली न्युरो प्रोटेक्टिभ कम्पाउन्ड पाइन्छ, जस्तो कि, भिटामिन इ, ओमेगा थ्रि फ्याटी एसिड, फोलेट, एन्टिअक्सिडेन्ट । यसले मस्तिष्कलाई सुरक्षा प्रदान गर्छ ।

बिहान र मध्यन्ह दुई वटा ओखर राम्रोसँग चपाएर खानाले शरीरमा भएको अनावश्यक कोलोस्ट्रोर नियन्त्रण गर्छ र हृदय रोग लाग्नबाट बचाउँछ ।

ओखर खाँदा पेट लामो समयसम्म भरिन्छ । यसले गर्दा छिटै भोक लाग्ने हुँदैन, फलत ओभर इटिङबाट बचाउँछ । तौल नियन्त्रणका लागि पनि ओखर सहि हुन्छ । नियमित रुपले दिनको दुई वटा ओखर महसँग मिसाएर सेवन गर्नाले मस्तिष्क स्वस्थ्य हुन्छ । साथै स्मृति क्षमता पनि बढ्छ । स्ट्रोकको भयबाट बचाउँछ । दुई वटा ओखर, एउटा बदाम बिहान–बेलुकी मनतातो दुधसँग सेवन गर्दा कमजोरी हट्छ ।

महिनावरीको समस्यामा ओखर र मह मिसाएर मनतातो दुधसँग पिउनुपर्छ, ठीक हुन्छ ।

रुँघा खोकीको उपचारमा समेत ओखर उपयोगी हुन्छ । ओखरलाई हल्का भुटेर महसँग सेवन गर्नुपर्छ, खोकी ठिक हुन्छ ।

ओखरको बोक्रा पिसेर त्यसले दाँत सफा गर्नुपर्छ, दाँत स्वस्थ्य र चम्किलो हुन्छ ।

तातो दुधसँग ओखर सेवन गर्दा पेटको जुका मर्छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया