२०८२ फाल्गुन १ | Feb 13, 2026

जेनजी प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ३४ पुग्यो

BusinessPati बिजनेस पाटी
|
२०८२ भाद्र २६
|
4k views

ललितपुर । गत सोमबार भएको जेनजी प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ३४ पुगेको छ । स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार हालसम्म मृत्यु हुनेको संख्या ३४ पुगेको हो ।

देशभरका विभिन्न अस्पतालबाट लिएको विवरण अनुसार हाल अस्पतालमा १ हजार ३६८ जना घाइते उपचाररत छन् । जसमध्ये ३२१ जना अस्पतालमा उपचाररत छन् । हालसम्म ९४९ जना डिस्चार्ज भएको मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी दिएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया