२०८२ फाल्गुन ५ | Feb 17, 2026

जेष्ठ ३ गते अर्थात् मे १७ देखि आइपीएल पुनः सुरु हुने (तालिकासहित)

BusinessPati बिजनेस पाटी
|
२०८२ बैशाख ३०
|
306 views

काठमाडौं । इन्डियल प्रिमियर लिग (आईपीएल) २०२५ आगामी जेष्ठ ३ अर्थात् मे १७ देखि फेरि सुरु हुने भएको छ । बाँकी रहेका लिग चरणका १३ खेलहरु ६ स्थानमा खेलाइने छ ।

बीसीसीआईले आफ्नो सामाजिक सञ्जाल ह्यान्डलमा दिएको जानकारी अनुसार प्लेअफ चरण मे २९ बाट खेलाइनेछ भने फाइनल जुन ३ मा हुने भएको छ ।

यसअघि पाकिस्तानसँगको तनावका कारण मे ९ मा एक्कासी आइपीएल स्थगित गर्नुपरेको थियो । आयोजक राष्ट्र पाकिस्तानले देश युद्धमा रहेको कारण देखाउँदै बीसीसीआईले प्रतियोगिता स्थगित गरेको थियो । देशले द्वन्द्व बेहोरिरहेको अवस्थामा क्रिकेट प्रतियोगिता आयोजना गर्नु उचित नभएको भन्दै प्रतियोगिता रोकेको पाकिस्तानले युद्धविराम घोषणासँगै खेलको नयाँ तालिका सार्वजनिक गरेको छ ।
क्वालिफायर १ जेठ १५ गते ९मे २९० र इलिमिनेटर जेठ १६ गते ९मे३० ० मा हुनेछ। त्यस्तै क्वालिफायर २ जेठ १८ गते ९जुन १० हुनेछ।

प्लेअफ खेलहरुको स्थान अझै घोषणा गरिएको छैन। आधिकारिक विज्ञप्तिमा भनिएको छ, ‘प्लेअफ खेलहरुको स्थलबारे विवरण पछि सार्वजनिक गरिनेछ।’लिग चरणको खेल जेठ १३ गते (मे २७) लखनऊ सुपर जाइण्ट्स र आरसीबी बीच एकाना स्टेडियममा हुनेछ।

यस्तै संशोधित पहिलो डबल हेडर (एकै दिन दुई खेल) आइतवार (मे १८) हुनेछ जसमा दिउँसोको खेल राजस्थान रोयल्स र पञ्जाब किंग्स बीच जयपुरमा हुनेछ भने साँझको खेल दिल्ली क्यापिटल्स र गुजरात टाइटन्स बीच दिल्लीमा हुने भएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया