२०८२ मंसिर २६ | Dec 12, 2025

ज्योति विकास बैंकको संस्थापक शेयर बिक्रीमा

BusinessPati बिजनेस पाटी
|
२०८१ चैत्र २०
|
969 views

काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ। बैंकले आफ्ना विद्यमान संस्थापक सेयरधनीहरूले मात्रै किन्न पाउने गरी उक्त शेयर विक्रीका लागि राखेको हो ।

बैंकले बिक्रीमा राखेको संस्थापक सेयरको संख्या र सोको मूल्य भने खुलाएको छैन। यद्यपि शेयर खरीद गर्न इच्छुक सेयधरनी महानुभावहरूले आफूले किन्न चाहेको सेयर संख्याको विवरण खुलाई ३५ दिनभित्र निवेदन दिन सक्नेछन्।

निवेदन काठमाडौंको कमलपोखरीस्थित ज्योति विकास बैंकको केन्द्रीय कार्यालयमा दिनु पर्नेछ। तर, ३५ दिनको समयावधिभित्र बैंकका सेयरधनीबाट निवेदन नपरेको खण्डमा उक्त सेयर सर्वसाधारणमा बिक्री गरिने छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया