ज्योति विकास बैंक र सिदार्थ बिजनेस गु्रप अफ हस्पिट्यालिटी प्रालि बीच सम्झौता

बिजनेसपाटी ६ पौष ।
ज्योति विकास बैंक लि. र सिद्घार्थ बिजनेस गु्रप अफ हस्पिट्यालिटी प्रा. लि. बीच सहकार्य सम्झौता भएको छ । बैंकले आपm्ना सम्पूर्ण ग्राहक तथा कर्मचारीहरुलाई त्यस संस्थाको देशभरि रहेका हरेक होटेल तथा रेस्टुरेन्टका शाखा संजालहरुबाट विभिन्न सेवा तथा सुविधाहरुमा विशेष छुटको लागि सम्झौतापत्रमा हस्ताक्षर गरेको छ । त्यस संस्था अन्तर्गत होटेल कैलाली सिद्घार्थ प्रा. लि., टिकापुर, कैलाली, पिस सिद्घार्थ कटेज रेस्टुरेन्ट प्रा. लि. र भिऊ होटेल सिद्घार्थ प्रा. लि., नेपालगन्ज, सिद्घार्थ रिसोर्ट प्रा. लि., चिसापानी, कैलाली, सिद्घार्थ रिभर साइड रिसोर्ट प्रा. लि., चुम्लिङ्गटार, चितवन, सिद्घार्थ कटेज रेस्टुरेन्ट, बुटवल, होटेल सिद्घार्थ, सुन्धारा, काठमाण्डौं, सिद्घार्थ कटेज रेस्टुरेन्ट एण्ड बार प्रा. लि., तिनकुने, काठमाण्डौं आदि गरि हाल १८ वटा होटेल तथा रेस्टुरेन्टहरु संचालनमा छन् । सो सम्झौतामा यस बैंकका तर्फबाट बैंकका नायव महाप्रबन्धक श्ुाशिल कुमार शर्मा र त्यस संस्थाका तर्फबाट कर्पोरेट प्रबन्धक सुरज प्याकुरेलले हस्ताक्षर गर्नुभयो । यस बैंकका ग्राहकहरुले बैंकको एटिएम कार्ड देखाई र बैंकका कर्मचारीहरुले बैंकको परिचयपत्र देखाइ यो सुविधाको लाभ लिन सक्नेछन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया