काठमाडौं १२ असार,२०८१
विशेष अदालतले सर्लाहीको लालबन्दीस्थित झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानको सर्प पालन कार्यक्रमको भ्रष्टाचार प्रकरणमा ५ जनालाई दोषी ठहर गरेको छ।
विशेष अदालतले मंगलबार मधेश प्रदेशका तत्कालीन आर्थिक मामिला तथा योजनामन्त्री विजयकुमारसहित ५ जनालाई दोषी ठहर गरेको हो ।
प्रतिष्ठानका अध्यक्ष रेवतीप्रसाद पन्त, महासचिव नवराज भण्डारी, कोषाध्यक्ष निरज भण्डारी, सदस्य देवेन्द्र राय र मधेस प्रदेशका तत्कालीन आर्थिक मामिला सचिव प्रेमकुमार श्रेष्ठविरुद्ध अख्तियारले भ्रष्टाचारको मुद्दा चलाएको थियो। तीमध्ये खड्का र सचिव श्रेष्ठले भने सफाइ पाएका छन् ।
प्रतिष्ठानको नाममा सरकारबाट १७ करोड ९८ लाख ३३ हजार रुपैयाँ खर्च भइसक्दासमेत कामको प्रगति शून्य देखिएपछि अख्तियारले २०८० असोज २१ गते मुद्दा दायर गरेको थियो। दोषी ठहर भएका आरोपीको सजाय निर्धारण असार २५ गते हुने विशेष अदालतले जनाएको छ।