झापा । झापाका तीन छुट्टाछुट्टै स्थानमा तीनजना मृत फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार बुधबार बिहान झापाको अर्जुनधारा–४ मदनपुर जलाधर सडक, बिर्तामोड–२ फूलबारी टोल र अर्जुनधारा–११ नयाँ बस्तीमा शव भेटिएका हुन् ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता खगेन्द्रबहादुर खड्काका अनुसार अर्जुनधारा–४मा भेटिएको शवको परिचय भने खुलेको छैन ।
यस्तै बिर्तामोड–२ फूलबारी टोलका ३६ वर्षीय राम टुडू र अर्जुनधारा–११ नयाँ बस्तीमा ६० वर्षीय मित्रलाल कामी मृतावस्थामा फेला परेको जनाइएको छ ।
अहिले तीनवटै शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइ जानकारी जिल्ला प्रहरी कार्यालयका प्रवक्ता खड्काले दिएका छन् ।