|
|
२०८२ जेष्ठ २९
306 views
काठमाडौं । काठमाडौंको थापाथली चोकमा ड्युटीमा खटिएकी ट्राफिक प्रहरी जवानलाई टेम्पोले ठक्कर दिएको छ।
आज (बिहीबार) बिहान करिव पौने १० बजेको समयमा त्रिपुरेश्वरबाट ललितपुरतर्फ जाँदै गरेको टेम्पोले थापाथली चोकमा ड्युटीमा रहेकी ट्राफिक प्रहरी जवान वर्षा शाहलाई ठक्कर दिएको हो।
बा १ घ ४१८८ नम्बरको उक्त टेम्पोले ठक्कर दिनासाथ प्रहरी जवान शाहलाई उपचारको लागि नजिकैको नर्भिक अस्पताल लगिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी दीपक गिरीले जानकारी दिएका छन्।
गिरीका अनुसार प्रहरी जवान शाहको अवस्था सामान्य रहेको छ ।
घटना पश्चात् प्रहरीले टेम्पो र चालक नम्फा लामा नियन्त्रणमा ट्राफिक प्रहरी प्रभाग थापाथलीमा लगिएको छ ।



















फेसबुकबाट तपाईको प्रतिक्रिया