ललितपुर । ट्रेड टावर लिमिटेडले आज अर्थात् जेठ १४ गतेबाट आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ। यसअघि कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँट गरिसकेको छ । सो पश्चात् कम्पनीले आजबाट सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको हो।
यसअघि कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि ३ लाख ९७ हजार १६९.३० कित्ता, सामूहिक लगानी कोषहरुका लागि १ लाख ९८ हजार ५८४.६५ कित्ता र कर्मचारीहरुका लागि ७९ हजार ४३३.८६ कित्ता शेयर निष्काशन गरी बाँडफाँट गरिसकेको छ।
नेपाल धितोपत्र बोर्डबाट सर्वसाधारणका लागि शेयर निष्काशन गर्ने अनुमति पाएसँग कम्पनीले आजबाट आईपीओ विक्री खुला गरेको छ । कम्पनीले आफ्नो जारी पूँजी ८१ करोड ५६ लाख ९ हजार ७०० रुपैयाँको ४८.६९६ प्रतिशतका दरले हुन आउने ३९ करोड ७१ लाख ६९ हजार ३०० रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ३९ लाख ७१ हजार ६९३ कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो। जसमध्ये अब कम्पनीले ३२ करोड ९६ लाख ५० हजार ५१९ रुपैयाँबराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ३२ लाख ९६ हजार ५०५.१९ कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गर्न लागेको हो।
इच्छुक लगानीकर्ताले यो आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म शेयरका लागि आवेदन दिन सक्नेछन् । निष्काशन बन्द जेठ १९ गते हुनेछ । तर सो अवधिमा पूर्ण आवेदन नपरेको खण्डमा भने निष्काशन अवधि लम्ब्याएर जेठ २८ गतेसम्म पु¥पाइने कम्पनीले जनाएको छ ।
यस कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो शेयर’ अनलाईन प्रयोग गरी सि–आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्।


















फेसबुकबाट तपाईको प्रतिक्रिया