काठमाडौ । नेपाल डाउन सिन्ड्रोम संघको आयोजना तथा काठमाण्डौ महानगरपालिकाको आर्थिक सहयोग र गोसाई कुण्ड स्वास्थ्य सेवा केन्द्र सातदोवाटोको प्राबिधिक सहयोगमा शनिबार ललितपुरको सातदोबाटोमा नि:शुल्क स्वास्थ्य शिबिर सम्पन्न भएको छ।
उक्त शिबिरमा डाउन सिन्ड्रोम भएका ५१ जना बालबालिकाहरुलाई
वरिष्ठ फिजिसियन तथा बाथरोग विशेषज्ञ डा. दिपा साह, वरिष्ठ वालरोग विशेषज्ञ तथा नेपाल डाउन सिन्ड्रोम संघ की उपाध्यक्ष डा. प्रभा मैनालीमार्फत नि:शुल्क स्वास्थ्य परिक्षण सङ्गै परामर्श प्रदान गरिएको थियो ।
काठमाडौ महानगरपालिका अन्तर्गत सामाजिक विकास समितिका सदस्य तथा कार्यपालीका सदस्य महेश नेपाली , सामाजिक विकास विभागकि भवानी कपालीको उपस्थितिमा गोसाईकुण्ड स्वास्थ्य सेवा केन्द्र सातदोवाटोमा सम्पन्न उक्त शिबिरमा आएका बालबालिकाका अभिभावकले डाउन सिन्ड्रोम भएका बालबालिकाका लागि यस प्रकारको शिबिरलाई निरन्तरता दिन आग्रह गरेका थिए ।
नेपाल डाउन सिन्ड्रोम संघका अध्यक्ष रमेश तामाङ्ले सस्थाले यस प्रकारको शिबिर सङ्गै डाउन सिन्ड्रोम भएका बालबालिकाहरुका लागि
स्पीच थेरापी, फिजियो थेरापी सेवा तथा अभिभावकहरूलाई परामर्श सेवा दिदै आएको जानकारी दिए । उनले हाल वर्षमा १ पटक यस प्रकारको निशुल्क स्वास्थ्य परिक्षण सिबिर संचालन सङ्गै विभिन्न जनचेतनामूलक कार्यक्रमहरु गर्दै आईरहेको पनि जानकारी दिएका छन ।