२०८२ कार्तिक २३ | Nov 09, 2025

डा. निकोलस भुसाल गोरखाबाट पक्राउ

BusinessPati बिजनेस पाटी
|
२०८२ कार्तिक १८
|
714 views

ललितपुर। डा. निकोलस भुसाल पक्राउ परेका छन् । हिंसा भड्काउने अभिव्यक्ति दिएका डा. भुसाललाई प्रहरीले आज गोरखाबाट पक्राउ गरेको हो ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई गोरखा नगरपालिका–८ सरस्वति आश्रमबाट पक्राउ गरेको हो ।

भुसाललाई उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले मंगलबार गोरखाबाट काठमाडौँ ल्याने तयारी गरेको छ ।

भुसालले कार्तिक १६ मा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व गृहमन्त्री रमेश लेखक र काठमाडौँको तत्कालीन प्रजिअ छवि रिजालको घर घेर्ने भन्दै सामाजिक सञ्जालमा विवादस्पद अभिव्यक्ति दिएका थिए ।

यसअघि गत असोज २३ मा माइतीघरमा प्रदर्शन गर्न खोज्दा प्रहरीले उनलाई पक्राउ गरेको थियो । स्वास्थ्य जाँच गर्दा गाँजा सेवन गरेको रिपोर्ट आएपछि उनलाई सुधार केन्द्रमा लैजाने सर्तमा उनका दाजुले जिम्मा लिएका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया