ललितपुर । डा. विश्व पौडेल गभर्नर नियुक्तिका लागि अयोग्य भनी परेको रिटलाई गरेको दरपीठ आदेशलाई सर्वोच्च अदालतले सदर गरेको छ ।
अधिवक्ता प्रतिभा उप्रेती र विशाल थापाले दयार गरेको रिट सर्वोच्च प्रशासनले दर्ता नगरी दरपीठ गरेको थियो । दरपीठविरुद्धको रिटमा सुनुवाइ गर्दै न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले दरपीठ आदेश सदर गरेको हो ।
गभर्नर नियुक्तिको योग्यतामाथि उठाएको प्रश्न गम्भीर भए पनि अहिले अपरिपक्व देखिएको अदालतको ठहर छ । भविष्यमा त्यस्तो निर्णय भएमा तत्कालै अदालतमा रिट दर्ता हुनेगरी दरपीठ आदेश सदर भएको हो ।