२०८२ फाल्गुन ५ | Feb 17, 2026

डिजिटल भुक्तानीमा पहिलो मर्जर,आईएमई पे र खल्ती मर्ज- नेपालकै बलियो डिजिटल वालेट

BusinessPati बिजनेस पाटी
|
२०८२ असार ५
|
561 views

ललितपुर । आईएमई पे र खल्तीबीचको मर्जरका लागि राष्ट्र बैंकले आधिकारिक रूपमा स्वीकृति दिए सङ्गै ‘आईएमई खल्ती लिमिटेड’ अब नेपालकै बलियो डिजिटल वालेट बनेको छ ।

देशका दुई प्रमुख डिजिटल वालेट प्लेटफर्महरू एकीकृत भएको नेपालको डिजिटल भुक्तानी क्षेत्रमा पहिलो पटक हो । यस्लाई नेपालको फिनटेक क्षेत्रमा ठूलो फड्को मानिएको छ । अब सबै सेवा एकीकृत गरी खल्ती एपमार्फतै उपलब्ध हुनेछन् ।

दुवै वालेटका वर्तमान प्रयोगकर्ताले केवल एक क्लिकमा सजिलै नयाँ प्रणालीमा समाहित हुन सक्नेछन् भने नयाँ प्रयोगकर्ताले खल्ती एप डाउनलोड गरी अझ व्यापक सेवाहरू उपयोग गर्न सक्नेछन्।

खल्ती एपले भविष्यमा संसारभरबाट रेमिट्यान्स प्राप्ति, बैंक खाता खोल्ने सुविधा, भिसा कार्ड जारी गर्ने र ऋण सुविधा जस्ता नयाँ फिचरहरू समेत ल्याउने योजना बनाएको छ ।
सहरी क्षेत्रमा सीमित रहेको विद्युतीय भुक्तानी सेवा अब गाउँघरसम्म विस्तार गर्ने यस कदमलाई निर्णायक मानिएको छ ।

आईएमई पे मात्र प्रयोग गर्नेहरूले पनि सजिलै खल्तीमा रूपान्तरण गर्न सक्नेछन् र सबै ब्यालेन्स तथा रिवार्डहरू सुरक्षित रहनेछन् ।

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया