Rato Kagaj पल पलको खबर

२०८२ असार २६ | Jul 10, 2025

डेङ्गु सङ्क्रमण बढ्दै, सचेत हुन महाशाखाको आग्रह

BusinessPati बिजनेस पाटी
|
२०८२ असार २६

ललितपुर । वर्षादको समयमा डेङ्गुको संक्रमण अत्यधिक बढ्ने भएकोले यसतर्फ सचेत हुन इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले आग्रह गरेको छ । यस वर्ष ६० हजारभन्दा बढीमा डेङ्गु सङ्क्रमण हुनसक्ने आँकलन गरिएको छ । महाशाखाले अन्तरक्रिया कार्यक्रम मार्फत् यसबारे जानकारी गराएको हो ।

यसबारेमा कार्यक्रमका माझ बोल्दै महाशाखाको किटजन्य शाखाका प्रमुख डा. गोकर्ण दाहालले डेङ्गु फैलने समय आएकोले जति बेला पनि जुनसुकै ठाउँमा डेङ्गु सङ्क्रमण तिब्र गतिमा फैलिने हुँदा सचेत हुन आग्रह गरेका छन् ।

उनकाअनुसार साउनदेखि कात्तिक अन्तिमसम्म अत्यधिक मात्रमा डेङ्गु सङ्क्रमण बढ्ने उच्च जोखिम छ । उनले हालसम्म ७३ जिल्लाबाट १ हजार ६ सयको हारहारीमा डेङ्गु सङ्क्रमण पुष्टि भएको बताए । उनले बिरामीमा लक्षण नदेखिने, डेङ्गु परीक्षण नगर्ने र परीक्षण भएपनि रिपोर्ट नदिने कारणले डेङ्गु सङ्क्रमणको तथ्याङ्क कम देखिएको बताए ।

यस वर्ष अत्यधिक रुपमा डेङ्गु संक्रमण बढ्ने अनुमान गरी आवयक कार्ययोजना बनाई कार्यान्वयनको चरणमा गइसकेको समेत बताए । उनले डेङ्गु नियन्त्रणका लागि सबैभन्दा ठूलो भुमिका स्थानीय तहको भएको उल्लेख गर्दै स्थानीय तहहरुसँग समेत आवश्यक समन्वय र सहकार्य भइरहेको बताएका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया