२०८२ असार २६

ललितपुर । गायक सत्यराज आचार्यको स्वरमा रहेको ‘बिर्सेर पनि ’ गीतको लिरिकल भिडियो युट्युब मार्फत सार्वजनिक भएको छ ।
चलचित्र निर्देशक मनोज पण्डितको शब्द रहेको उक्त गीतमा चक्रपाणी तिमल्सीनाले सङ्गीत भरेका हुन् ।
सङ्गीत संयोजन गोविन्दमधुर आचार्यको गरेका छन् ।
अकोष्टिक नेपाल स्टुडियोमा रेकर्ड गरिएको गीतका रेकर्डिस्ट दिल सार्की हुन् । ध्वनि सम्पादन तथा मास्टरिङ चन्द्र चौधरीले गरेका छन् । लिरिकल भिडियो वीरेन्द्र रानाभाट विपिनले सम्पादन गरेका हुन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया