काठमाडौँ । संविधान उल्ट्याउने र व्यवस्था हटाउने भन्दै तीनकुनेमा भएको हिंसात्मक आन्दोलन र त्यसबाट निम्तिएका घटना क्षम्य नहुने गृहमन्त्री रमेश लेखकले बताएका छन् । आजको प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै गृहमन्त्रीले संविधान उल्ट्याउने र व्यवस्था हटाउने विषय कहीँ नलुकेको बताए । उनले चैत १५ गतेको तीनकुनेमा भएको हिंसात्मक आन्दोलनबारे जानकारी गराउँदै सुरक्षाकर्मीमाथि गाडी गुडाउनेसम्मको प्रयास क्षम्य हुनै नसक्ने बताएका छन् ।
‘मन्त्री लेखकले संविधानको व्यवस्था मूल्य र मान्यताभित्र भए गरेका आन्दोलनको सरकारले सदैव स्वीकार गर्ने तर आन्दोलनका नाममा देशका सुरक्षाकर्मीमाथि गाडी गुडाउनेसम्मको प्रयास गरिनुलाई संविधान विरोधी कार्य भनेका छन् ।
राजावादीहरुले आन्दोलनका नाममा चैत १५ गते व्यक्तिको निजी सम्पत्ति, सवारी साधन, सरकारी कार्यालयमा आक्रमण गरी विध्वंसात्मक कार्य गर्ने कुनै राजनीतिक दर्शनभित्र नपर्ने भन्दै मन्त्री लेखकले तीनकुनेमा आन्दोलन गर्नेहरु हिंसात्मक र लुटपाटको शैलिमा उत्रिएको बताए ।