काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत तीनओटा संसदीय समितिको बैठक आज बस्दैछ । राज्य व्यवस्था तथा सुशासन समिति, अर्थ समिति र विधायन व्यवस्थापन समितिको बैठक शुक्रबार एकैदिन बस्न लागेको हो ।
आगामी आर्थिक वर्षको बजेट सम्बन्धमा छलफका लागि भनेर अर्थ समितिको बैठक बोलाइएको हो । अर्थ समितिको बैठक बिहान ११ बजे बस्दै छ । आजको बैठकमा आगामी आर्थिक वर्षको बजेट सम्बन्धमा अर्थ मन्त्रालयसँग विशेष छलफल हुने कार्यसूची रहेको छ ।
त्यस्तै चैत १५ गते शुक्रबार काठमाडौंको तीनकुनेमा घटको घटनालाई लिएर राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बोलाइएको छ । बैठक बिहान ११ बजेका लागि बोलाइएको हो । आजको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा तीनकुने घटनाका सम्बन्धमा गृहमन्त्री रमेश लेखकसँग विशेष छलफल गरिने कार्यसूची रहेको छ ।
त्यसैगरी अर्को विधायन व्यवस्थापन समितिको बैठक पनि आजै बोलाइएको छ । यसका लागि दिउँसो १ बजेको समय निर्धारण गरिएको हो । आजको व्यवस्था समितिको बैठकमा भने पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ मा दफावार छलफल हुने कार्यसूची रहेको छ ।