तेस्रो उपराष्ट्रपतिमा रामसहाय प्रसाद यादव निर्वाचित

काठमाण्डौ ३ चैत्र २०७९ ।
नेपालको तेस्रो उपराष्ट्रपतिमा जनता समाजवादी पार्टीका नेता रामसहाय प्रसाद यादव निर्वाचित भएका छन्। शुक्रबार भएको उपराष्ट्रपति निर्वाचनमा यादव एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य र जनमत पार्टीकी ममता झालाई पछि पार्दै निर्वाचित भएका हुन्। यादव जसपाका संसदीय दलका नेता हुन्।

निर्वाचन आयोगका अनुसार रामसहाय प्रसाद यादवले संघीय सांसद तर्फ( १८४ को मतभार १४५३६ र प्रदेश सभाको मत ३२९ को मतभार १५७९२ पाएका छन्। उनले कुल ३० हजार ३२८ मतभार पाएको जसपा सांसद प्रदीप यादवले जानकारी दिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया