काठमाडौँ । साताको अन्तिम दिन आज शुक्रबार नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ । आज छापावाला सुनको मूल्य तोलामा एक हजार ४०० रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाला सुनको मूल्य १ लाख ९० हजार ८०० रुपैयाँ कायम भएको छ । बिहीबार भने छापावाला सुन प्रतितोला १ लाख ९२ हजार ९५५ रुपैयाँमा कारोबार भएको थियो ।
तयसैगरी आजव चाँदीको मूल्य भने बढेको छ । महासंघका अनुसार बिहीबार तोलामा १ हजार ९५५ रुपैयाँ कायम भएको चाँदीको मूल्य शुक्रबार बढेर तोलामा १ हजार ९६० रुपैयाँ कायम भएको हो ।