काठमाडौं । आज नेपाली बजारमा सुन र चाँदीको मूल्यमा भारि गिरावट भएकोे छ । विहीबार सुन प्रतितोला ४ हजार ६०० रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार विहीबार छापावाल सुन प्रतितोला एक लाख ८३ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार छापावाला सुन प्रतितोला एक लाख ८८ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा ५० रुपैयाँले घटेर एक हजार ९१५ रुपैयाँमा किनबेच भएको छ । बुधबार चाँदी प्रतितोला एक हजार ९६५ रुपैयाँ खरिदबिक्री भएको थियो ।