काठमाडौं । नेपालकै अग्रणी अनलाइन बजार प्लेटफर्म दराज नेपालले आफ्ना ग्राहकहरूका लागि नयाँ अप्शनका रुपमा ’च्वाइस’ सार्वजनिक गर्ने घोषणा गरेको छ । यो अप्शनमार्फत उपभोक्ताहरूले उत्कृष्ट मूल्यमा निर्माता स्रोतबाट छानिएका १,००० भन्दा बढी टप–रेटेड उत्पादनहरू सिधै खरिद गर्न सक्नेछन् । ती उत्पादनहरुको न्यूनतम मूल्य रु. १३० देखि सुरु हुने जानकारी दिइएको छ । साथै, कम्पनीका तर्फबाट ती उत्पादनहरुको खरिदमा विशेष अफर तथा उन्नत लजिस्टिक सहयोग पनि प्रदान गरिनेछ ।
‘च्वाइस’ ले एकै कार्ट र एकै वेयर हाउस प्रणाली मार्फत किनमेल प्रक्रियालाई अझ सहज बनाउने कम्पनीको विश्वास छ । यस प्रणालीले एकै पटक धेरै सामग्री किन्न, १ देखि ३ दिनभित्र द्रुत डेलिभरी प्राप्त गर्न, तथा ३ वा सोभन्दा बढी सामान खरिद गर्दा फ्रि डेलिभरीको सुविधा समेत उपलब्ध उपलब्ध गराउने छ । साथै, ४ वा सो भन्दा बढी सामग्री खरिद गर्ने ग्राहकले उपलब्ध स्टकमा आधारित भएर पहिलो आउनेलाई पहिलो प्राथमिकता दिइने फ्रि गिफ्ट पाउने सुविधा पनि प्राप्त गर्नेछन् । त्यसैगरी, १४ दिनसम्मको बिना झन्झट फिर्ता नीति, र ‘लाइटनिङ डिल्स’, ‘अर्ली बर्ड अफर’ तथा ‘फ्ल्याश सेल्स’ जस्ता रोमाञ्चक अफरहरू पनि उपलब्ध हुने कम्पनीले जानकारी दिएको छ ।
दराज एपमा होमपेज तथा “च्वाइस” सर्च फिल्टरमार्फत यो अप्शनमा सजिलै प्रवेस गर्न सकिने छ । यसले प्रयोगकर्तालाई सहज, सरल र उपयोगकर्ता मैत्री अनुभव प्रदान गर्नेमा कम्पनी विश्वस्त रहेको छ ।
दराज नेपालका प्रबन्ध निर्देशक आँचल कुँवरले भन्नु भयो, “हामीले ग्राहकहरूको स्तरिय किनमेल अनुभवप्रतिको बढ्दो अपेक्षालाई दृष्टिगत गर्दै ‘च्वाइस’ अप्शनको सुरुवात गर्न लागेका हौं । गुणस्तरीय उत्पादनहरु उपयुक्त मूल्यमा, छिटो र निःशुल्क डेलिभरी सुविधा सहित उपलब्ध गराउँदै दराजले आफ्नो ब्रान्ड वाचालाई अझ बलियो बनाएको छ । अप्शनका साथमा उपलब्ध हुने सजिलो फिर्ता नीतिले उपभोक्ताको किनमेल अनुभव अझै सरल र भरपर्दो बनाउने कुरामा हामी विश्वस्त छौँ । यसै माध्यमबाट हामी ग्राहकको विश्वासलाई थप मजबुत बनाउँदै बजार नेतृत्वलाई अझ सुदृढ गर्दैछौं ।”
“च्वाइसको अवधारणा विशेष गरी बदलिँदो अनलाइन किनमेल प्रवृत्तिलाई ध्यानमा राखी तयार गरिएको हो । यसका माध्यमबाट सुविधा, गुणस्तर र मूल्यको उपयुक्त संयोजन प्रस्तुत गर्न हामी सदैव प्रयासरत रहन्छौँ । च्वाइसले ग्राहक अनुभवलाई समृद्ध बनाउनुका साथै, बिक्रेताका लागि दीर्घकालीन विकासको अवसर समेत पनि प्रदान गर्दछ ”, दराजका ग्लोबल हेड अफ च्वाइस, जिआंग हान एडेलाले भन्नु भयो ।