Rato Kagaj पल पलको खबर

२०८२ असार २६ | Jul 10, 2025

दर्शकको मुटु फुटला जस्तो रोमान्चक खेलमा नेपाल नेदरल्यान्डस् सङ्ग पराजित

BusinessPati बिजनेस पाटी
|
२०८२ असार २६

ललितपुर । त्रिदेशीय टी-२०आई शृंखलाअन्तर्गत पहिलो खेलमा रोमान्चक खेल खेले पनि नेपाल पराजित भएको छ । नेपाल नेदरल्याण्ड्ससँग तेस्रो सुपर ओभरमा पराजित भएको हो ।

निर्धारित २० ओभरको खेल बराबर भएपछि त्यसपछिका दुई सुपर ओभर पनि बराबरी खेलेको नेपाल तेस्रो सुपर ओभरमा भने नेदरल्याण्ड्स सङ्ग पराजित भएको हो ।

पहिलो सुपर ओभरमा नेपालले २० रनको लक्ष्य दिएको थियो जवाफमा नेदरल्याण्ड्सले पनि १९ रन नै बनाउन सक्यो । दोस्रो सुपर ओभरमा नेदरल्याण्ड्सले १८ रनको लक्ष्य दिएकोमा जवाफमा नेपालले पनि १७ रन नै जोडेपछि खेल फेरि तेस्रोपटक सुपर ओभरमा गएको थियो ।
तेस्रो सुपर ओभरमा भने नेपालले रन नै जोड्न सकेन । पहिलो बलमै कप्तान रोहित पौडेल आउट भए भने रुपेश सिंह त्यसपछि दुई बल डट खेलेर चौथो बलमा आउट भए । १ रनको लक्ष्य नेदरल्याण्ड्सले पहिलो बलमै छक्का प्रहार गरेर जित निकालेको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया