ललितपुर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सहितका केहि कांग्रेसका मन्त्रीहरु ,नेताहरु र प्रधानमन्त्री केपी शर्मा ओली तथा एमालेका मन्त्रीहरु ,नेताहरुबीच छलफल भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार अपराह्न भएको छलफलमा उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेल गृहमन्त्री रमेश लेखक परराष्ट्र मन्त्री डा. आरजू राणा कृषिमन्त्री रामनाथ अधिकारी कांग्रेस उपसभापति पूर्णबहादुर खड्का , एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल पनि सहभागि थिए ।
दुई दलका शीर्ष नेताहरुबीचको गृहमन्त्री लेखकसहितको छलफललाई अर्थपूर्ण रुपमा हेरिएको छ ।