२०८२ कार्तिक २३ | Nov 09, 2025

दुई लाख ५० हजारभन्दा माथि पुग्यो सुन, दिनदिनै नयाँ रेकर्ड बनाउने क्रम जारी

BusinessPati बिजनेस पाटी
|
२०८२ आश्विन ३०
|
6.8k views

ललितपुर । नेपाली बजारमा सुनको मूल्य बढ्ने क्रम जारी छ । सुनको मूल्य तोलाको २ लाख ५० हजारको हाराहारीमा पुगेर रोकिने भन्ने अनुमान लगाइए पनि सुन दिनदिनै अप्रत्यासित रुपमा बढिरहेको छ ।

विहीबार पनि सुनको मूल्य प्रतितोला दुई हजार रुपैयाँले बढेर नयाँ रेकर्ड कयाम गरेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ५० हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । सो मूल्य हालसम्मको उच्च हो । बुधबारको बजारमा छापावाल सुन प्रतितोला २ लाख ४८ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो । सो मूल्यलाई पछि पार्दै विहीबार सुनको मूल्यले नयाँ रेकर्ड बनाएको हो ।

त्यसैगरी आज चाँदीको मूल्य पनि तोलामा ३५ रुपैयाँका दरले बढेको छ । बिहीबारको बजारमा चाँदी प्रतितोला तीन हजार २७५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ । बुधबारको बजारमा चाँदी प्रतितोला तीन हजार २४० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया