काठमाडौं । तीनकुने घटना पश्चात् परार रहेका दुर्गा प्रसाईलाई काठमाडौं ल्याइयो । मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक दुर्गा प्रसाईंका साथमा उनका अंगरक्षक दीपक खड्का पनि पक्राउ परेका छन् । बिहीबार राती ९ बजेर १३ मिनेटको समयमा प्रसाईंले सामाजिक सञ्जालमा आत्मसमर्पण गरे पश्चात् पक्राउ परेका हुन् ।
गत चैत १५ गते राजावादीको प्रदर्शनमा तीनकुने क्षेत्रमा हिंसा भड्काएको आरोप लागेपछि प्रसाई फरार थिए, फरार प्रसाईसँगै उनका अंगरक्षक दीपकलाई समेत प्रहरिले पक्राउ गरेको छ ।
प्रसाईंलाई प्रहरीको विशेष टोलीले काँकटभिट्टा नाकाबाट झापा ल्याएको ल्याए पश्चात् झापा प्रहरीले उनलाई बुद्ध एयरको जहाजमा भद्रपुरबाट बिहान ११ बजेर ५० मिनेटको फ्लाइटमा काठमाडौं पठाएको हो । उक्त जहाज काठमाडौँ विमानस्थलमा मध्यान्न १२ः३० को समयमा अवतरण भएको छ ।
नेपाल प्रहरीको टोली प्रसाईंलाई खोज्न केही दिन अगाडि भारत गएको थियो । सुरक्षाको ग्यारेन्टी पाएपछि उनले बिहीबार राती ९ बजेर १३ मिनेटको समयमा सामाजिक सञ्जालमा मार्फत् आत्मसमर्पण गरेको उल्लेख गरेका हुन् ।
प्रसाईं र उनका अंग रक्षक दिपकलाई काठमाडौं ल्याए पश्चात् राज्यविरुद्ध र संगठित अपराधसम्बन्धी कसूरमा अनुसन्धान गरिने प्रहरीले जनाएको छ । राजावादीको नाममा तीनकुनेमा हिंसा भड्काउन मुख्य भूमिका खेलेका मेडिकल व्यवसायी प्रसाईंले भारतीय प्रहरीसमक्ष आफूले आत्मसमर्पण गरेको दाबी गरेका छन् ।