नेपाल एकीकरण नायक पृथ्वीनारायण शाहको नाममा नगरपालिका थियो । गणतन्त्रको नाममा पृथ्वीनारायण नगरपालिकाको नाम परिवर्तन गरेर गोरखा नगरपालिका बनाइयो । पृथ्वीनारायण शाहले त त्यहाँ न्याय पाउनु भएन । हामीले कसरी न्याय पाउनु ?
– एक टेलिभिजन प्रस्तोता
हामी नेपाली यसै पनि गौरवशाली छौँ । हामीसँग संसारका अन्य किसिमका धर्म, रीति, रिवाज भन्दा बेग्लै किसिमबाट हाम्रो ऐतिहासिक पर्व र धरोहरले हाम्रो मुलुकलाई सुसज्जित तथा समृद्ध बनाएको छ । हाम्रो आफ्नै भेषभूषा आफ्नै मौलिकताले भरिएको संस्कृति, हाम्रा ऐतिहासिक धरोहरको वैभवता , हाम्रो भाषा संस्कृति यी सबैका कारण हामी आफैँमा वैभवता तथा समृद्ध शाली मुलुकमा दरिएका छौँ । हाम्रा रितिरिवाज खानपइनहरू कतिपय एसियन देशहरूसँग मिल्दोजुल्दो परिवेशका कारण झण्डै–झण्डै मिल्न खोजेको देखिन्छ । हाम्रा चाडपर्वहरूको आफ्नै मौलिक विशेषता एवम् धार्मिक चाडवाड आदिको परम्पराले पनि हामीलाई गौरवशाली बनाउँदै आएको छ ।
राष्ट्र निर्माता अझ भनौं नेपाल एकीकरणका महान् योद्धा पृथ्वीनारायण शाहप्रति हामी र आउने पिँढीका लागि उहाँको स्थान अग्रभागमा हुनुपर्छ । भारतीय स्वार्थ र मुलुकका घातकको रूपमा नेकपा माओवादीद्वारा भारतीय सरकारको तावेदारीमा जनयुद्धको बहानामा १७औँ हजार नेपालीको निर्मम तरिकाद्वारा हत्या गरियो । सिक्किमका लेण्डुप दोर्जेद्वारा सिक्किमको विलयको लागि लेण्डुपे दोर्जेलाई प्रयोग गरियो ।
गणतन्त्रवादीलाई केही अनुत्तरित प्रश्न
नेपालमा पनि लेण्डुपे दोर्जेको रूपमा प्रचण्डलाई प्रयोग गरियो । देशभक्त नेपालीहरूको ठूला हिस्सा नै १७००० को हाराहारीमा देश भित्रबाट छानी–छानी हत्या गरियो । नेपाली लेण्डुप दोर्जे उर्फ प्रचण्डका हरकत झन्–झन् स्पष्ट देखिँदै आएका छन् । नेपाल एकीकरणका नायक पृथ्वीनारायण शाहको नाममा रहेको नगरपालिका थियो । पृथ्वीनारायण शाहको देशभक्ति तथा उनको राष्ट्रिय भावना माथि नै प्रहार गर्दै पृथ्वीनारायण शाहको नाममा रहेको नगरपालिकालाई गणतन्त्रको नामा गोरखा नगरपालिका राखियो । यस कारण भारतीय सरकारद्वारा नेपालमा उठिरहेको राष्ट्रिय प्रेम, देशप्रतिको आबद्धतालाई शनै शनै गर्दै टुक्रायाउनका लागि भारतीय सरकारको दवाव मार्फत, नेपालीहरूको राष्ट्रियताका धारलाई भुत्ते बनाउनका लागि, भारत सरकारको लहै लहैमा लागेको नेपाल राष्ट्रियताप्रति तुषारापात वर्षाउनका लागि भारतीय सरकारको ग्राण्ड डिजाइन, भारत सरकारद्वारा १०औँ वर्षसम्म प्रचण्डलाई राष्ट्र हित विपरीत उनका निन्दनीय कार्यलाई थप बल पुर्याउन नेपालीहरूको राजा र राष्ट्रियताप्रति विभेद खडा गर्नका लागि सुनियोजित किसिमबाट राजा र प्रजा बीचको अन्योन्याश्रित सम्बन्ध माथि दरार पार्नका लागि, भारतीय सरकारको सुनियोजित षडयन्त्रको कोपभाजन, राष्ट्रिय एकीकरणका महान् योद्धा राजा पृथ्वीनारायण शाहको अग्रता माथि नै करारी प्रचण्डद्वारा यो मुलुकको दृश्यलाई, पृथ्वीनारायण शाहको राष्ट्रियताप्रति करारी हान्नको लागि भारतीय सरकारको डिजाइन बमोजिम प्रचण्ड एवम् उनका पुच्छरेहरूद्वारा गरिएको घृणित हरकतलाई नङ्ग्याउँदै, नेपाल एकीकरणका नायक पृथ्वीनारायण शाहप्रति नतमस्तक हुँदै राष्ट्रप्रति हामी आफ्नो जिम्मेवारी निर्वाह गरौँ ।
‘मैले ३७ वर्ष युनिभर्सिटीमा पढाएँ । ४ आना जग्गामा रोएर बस्छु । उनले जनयुद्ध गरेर आएका कमाण्डर हुँ भन्छन्, आठ करोडको घर बन्दैछ, कुन पैसाले घर बन्दैछ ? सर्वोच्च कमाण्डर अहिलेका उपराष्ट्रपति हैनन् ? उनको कुन पैसाले घर बन्दैछ ?’ –सुरेन्द्र के.सी.
२०८१ चैत्र ५ गते फेसबुकमा खेमनारायण कालाखेतीद्वारा उठाइएका प्रश्नहरूको जवाफ माओवादी उर्फ प्रचण्डको भारतीय चलखेलको उत्तराधिकारी अझ भन्नुपर्दा भर्खरै केही महिना अघि भारत भ्रमणको फिर्तीपछि नेपालभरिका विशेषतः तराईका जिल्ला भारतीहरूलाई युद्धस्तरमा नागरिकता बाँड्नको अर्थ मुलुकलाई सिक्किमीकरणको दिशातिर उन्मुख हुनु हो । प्रचण्ड नेपलका लेण्डुपे दोर्जेको अहम् भूमिकामा उभिएका छन् । प्रचण्ड यो मुलुकको लागि अभिशाप हो भनेर किन नभन्ने ?
स्वतन्त्र पार्टीका रवि लामिछानेका भ्रष्टाचार, अपराधलाई छोप्ने र त्यसलाई टालटुल गर्ने प्रयास बन्द गरियोस् । राष्ट्रिय स्वतन्त्र पार्टीका सम्बन्धित व्यक्तिहरू देशप्रति र आफ्ना देशका दाजुभाइहरूप्रति उत्तरदायित्व हुनुपर्छ । भ्रष्टाचारमा लिप्त भएका रवि लामिछानेप्रति उचित सजाय दिलाउनका लागि सम्बन्धित क्षेत्रलाई सहयोग गर्नुपर्छ । राष्ट्रिय स्वतन्त्र पार्टी देशको सम्बर्द्धन र विकासमा अहम् भूमिकाको लागि देशप्रति जिम्मेवार भूमिका निर्वाहका लागि आफूलाई मार्ग प्रशस्त गर्न आफू जिम्मेवार हुनुपर्छ ।
प्रचण्ड कमरेडले राजाहरूबारे युवाहरूलाई बुझाउन पर्यो भने भिडियो मार्फत मलाई निर्देशन पठाउनु भएको रहेछ । – नारायण भट्टराई ।
ल, बुझ्नुस् है युवाहरू :
१. १७ हजार मारिएर गणतन्त्र आउँदा पनि देशले किन सुख पाएन ?
२. गणतन्त्रमा दलहरूले जनतालाई किन शरणार्थी बनाए ?
३. सर्वहारा वर्गको मुक्तिको सपना देखाएर सुन तस्करी किन भयो ?
४. कम्युनिष्ट नेताले रक्सी बोकेर महिलाको कोठा किन गएको ?
५. चुनाव हारेको व्यक्तिलाई किन प्रधानमन्त्री बनाइयो ?
६. बहुलवादमा आधारित लोकतान्त्रिक गणतन्त्रमा दलभन्दा बाहिरको व्यक्ति प्रधान न्यायाधीशलाई लोकतान्त्रिक मूल्य मान्यता विरुद्ध गएर प्रधानमन्त्री किन बनाइयो ?
७. समानता निःशुल्क शिक्षाको हावादारी गफ दिएर आफ्नै नाति नातिनीलाई सबैभन्दा महङ्गो स्कुलमा किन पढाइयो ?
८. गणतन्त्रमा नेताले आफ्नो सन्तानलाई पढ्न विदेश पढाउँदै आफू चाहिँ देशको शिक्षामन्त्री किन भइयो ?
९. १३ वर्षसम्म गणतन्त्रको सत्तामा बसेर कम्युनिष्टहरूले मोजमस्ती किन गरे ?
१०. नेताहरूले गणतन्त्रमा सरकारी जग्गाहरू किन खाए ?
११. नेताहरूले देशको उद्योग किन बेचे ?
१२. USAID डलर खाएर नेताहरूले सङ्घीयता किन ल्याइयो ?
१३. USAID डलर खाएर धर्म निरपेक्ष किन ल्याइयो ?
१४. राजतन्त्र विरुद्ध आन्दोलनको प्रमुख सल्लाहकार भारतीय कम्युनिष्ट सीताराम यचुरिलाई किन बनाइयो ?
१५. गणतन्त्रपछि देश छोड्नेको सङ्ख्या किन बढ्यो ?
१६. गणतन्त्रपछि ग्रेलिष्टमा देश किन गयो ?
१७. गणतन्त्रमा मुसाले तार किन खायो ?
१८. गणतन्त्रमा मुसाले CCTV कहाँ लग्यो ?
१९. गणतन्त्रमा वाइडवडी किन उडेन ?
२०. गणतन्त्रमा गिरीबन्धु किन लुटियो ?
२१. बढी गण्डकी आयोजनामा कम्युनिष्टले १० अर्ब भ्रष्टाचार किन गरे ?
२२. गणतन्त्रमा एउटै वंशको नेता बारम्बार प्रधानमन्त्री किन हुन्छ ?
२३. समानुपातिक/समावेशीको नाउमा आफ्नै ज्वाइँ, छोरी, भाइ, भतिजा, नातागोता, आफन्तलाई किन घुसाइन्छ ?
२४. १० जना जन्ती र ५००० खर्च भन्दा माथि विवाह गर्नेलाई भाटा हान्ने कम्युनिष्टले आफ्नो नातिनीको विवाह गर्दा १० करोड किन खर्च गरे ?
२५. कम्युनिष्टहरूले ७० करोड किन खाए ?
२६. कम्युनिष्टहरूले चरम भ्रष्टाचारी भएर देशको बेइज्जत किन गरे ? इत्यादि कुराहरू युवाहरूले मज्जाले बुझेका छन् है कमरेड !
नेपाल एकीकरणका प्रवर्तक !
पृथ्वीनारायण शाह !
तिम्रो सालिकको अगाडि उभिएर
तीतो सत्य जग जाहेर गर्दछु ।
कम्युनिष्टहरू पृथ्वीको जुनसुकै भेगमा होउन्
उनीहरू इमान्दार हुन्छन् ।
देशप्रति जनताप्रति जिम्मेवार हुन्छन् ।
मेरो मुलुकका ओली, प्रचण्ड, माधव, शेरबहादुरहरू ।
यी सबै विभिन्न ब्राण्डका ब्वाँसाहरू हुन् ।
यी देशघाती हुन् ।
यी सबै कतै अमेरिका, कतै भारतीय प्यादाहरू हुन् ।
यी सबै दशघाती हुन् ।
हो ! यी सबै देशघाती व्याधाहरू हुन् ।
बाह्य दानपानीबाट पालित वरदपुत्रहरू
स्वीटजरलैण्ड र कम्बोडियामा
नेपालीमा खुन पसिनाहरूको खुट खसौट देख्दै देख्दैनन् ।
छुवाछुतको परकाष्ठामा
पृथ्वीनारायण शाहद्वारा
बिसे नर्गिचेलाई दिएको सन्मान
बिसे नर्गिचे माथिको विश्वास
ओलीका वरदपुत्रहरू ओठे जवाफ फर्काएर
एकीकरणप्रति हिलो छ्यापी रहेका छन् ।
निचताको परकाण्ठा प्रदर्शन गरिरहेका छन् ।
(नेपाल एकीकरणका प्रवर्तनबाट, लोकसंवाद ९ फाल्गुण २०८१)
नेकपा माओवादी उर्फ देशद्रोहीको जत्था !
देशभक्त नेपालीलाई के कुराको निर्कोल भइसकेको छ भने मुलुक भित्र नेकपा माओवादीको जन्म हुनुको अर्थ यो मुलुकको सार्वभौमता तथा यहाँको अपार जल सम्पदा माथि भारतीय सरकारको अधिनस्थका लागि मुलुकभित्र प्रचण्डलाई आफ्नो प्याधा बनाएर प्रचण्ड जस्ता देशघाती भारत परस्तको आडमा नेपालको सार्वभौम स्वतन्त्रता तथा देशमाथि जे जसरी हुन्छ आफ्नो अधिनस्थलाई निरन्तरता दिने प्रारूपको रूपमा नै भारतीय सरकारद्वारा ग्राण्ड डिजाइन अन्तर्गत नेकपा माओवादीको प्रारूपमा गठन गरिएको नेपाल विरोधी माओवादी जत्था हो । ऊ किन हो भन्ने कुरा अघिल्लो वर्ष प्रचण्ड प्रधानमन्त्री भएर मुर्रा भैँसीको आडमा फर्किएको भोलिपल्ट नेपालभरिकै सिमाकृत जिल्लाहरूमा भारतीहरूलाई लाखौँका तादातमा नागरिकता बाँडियो । ढिलो चाँडो चुनावद्वारा नेपाललाई दोस्रो सिक्किम बनाउने रणनीतिमा प्रचण्ड त्यसका सहायक रूपमा देखिएका छन् । तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा नामञ्जुर गरिएको नागरिकता विधेयकलाई जबरजस्ती हस्ताक्षर गरेर भारतीहरूलाई नेपाली नागरिकताको लागि मार्ग प्रशस्त गरियो । यस किसिमबाट प्रचण्ड यो मुलुकको लागि दोस्रो लेण्डुपे दोर्जेको रूपमा चिनिएका छन् । अर्थात् नेपालको लागि प्रचण्ड दोस्रो लेण्डुपे दोर्जेको कुख्याती कमाएका छन् ।
माओवादीको १० वर्षे गुरिल्ला आन्दोलनका केही उपलब्धिहरू
यसमा केही उपलब्धिहरू छुटे छ – जस्तै छोरी, बुहारी, ज्वाइँ, भाइ, भतिजोलाई प्रचण्डले दिए ठूला ठूला सरकारी पदहरू । माओवादीको १० वर्षे गुरिल्ला आन्दोलनमा –
८० अर्बको क्षति भयो ।
५ हजार विधवा भए ।
१ सय ५ वटा बैंक लुटिए ।
७० भन्दा धेरै मन्दिर फोडियो ।
१० लाख नेपाली विस्थापित भए ।
१७ हजार भन्दा धेरै नेपाली मारिए ।
३ हजार नेपाली अङ्गभङ्ग भए ।
४ हजार चर्चहरू थपिए ।
राष्ट्रियता सन्दर्भ सवालमा पार्टीहरू पतन्नोमुख
छाने नै यसबेला भ्रष्टाचारको आहालमा चुर्लुम्म डुबेर, उनी जेल परेका छन् । उनी थुनामा पर्दा राष्ट्रिय स्वतन्त्र पार्टीका मनोनित सदस्यहरूको जत्था लिएर भ्रष्टाचारी रवि लामिछानेको रिहाइको लागि यसबेला सडक अवरुद्ध गर्ने तथा न्यायालयलाई नै प्रभावित पारिने क्रियाकलाप स्वतन्त्र पार्टीको हरकतलाई युक्ति सङ्गत हो भन्न मिल्दैन ।
रवि लामिछानेले सहकारी रकमको हिनामिना अर्थात् मकै पोलेर जम्मा गर्ने महिलाहरूको रकमलाई हिनामिना गरेका छन् । अर्थात् भ्रष्टाचार गरेका छन् । ती वचतकर्ता महिलाहरूको रकमलाई नै तल वितल पारेर ती वचतकर्ताहरू यसबेला बिल्लीबाठ अवस्थामा जीवनयापन गरिरहेका छन् । रवि लामिछाने जस्तै कतै काङ्ग्रेसका कतै एमालेका कतै रवि लामिछानेहरूको छुट्यायाइ फटाइमा यी वचतकर्ताको रकमबाट रवि लामिछाने जस्ताहरूले ६/६ लाख महिनाको हसुर्न भ्याएका छन् ।
रवि लामिछानेका नैतिकताका आधार हेर्ने हो भने उनी असङ्ख्य महिलाहरूसँग सम्बन्धको पाटो गाँसिएको छ । कतिपय उनीद्वारा उत्पादित नानीहरू सडकमा अलपत्र परेका कुराहरूले पनि बजार चर्चित भएको छ । सहकारी पीडितहरूको असीमित रकमबाट रवि लामिछानेहरू पालित र पोषित भएका छन् । ती उत्पीडितहरूको रकम ती सम्बन्धित पक्षको जीवनको आधारशिलालाई संरक्षण सम्बर्द्धन गर्ने उपायहरू किन अवलम्बन गरिदैन ।
रवि लामिछानेद्वारा गरिएका उत्पीडन वर्गको रकम कलमको हिनामिनातर्फ परिपूर्तिको लागि रवि लामिछानेसँग सम्बन्धित पार्टीका व्यक्तित्वहरू किन परिपूर्तितर्फ सोच्दैनन् ? यसको अर्थ आफूलाई ती वचतकर्ताहरूको रकम हसुर्न उनलाई छुट छ ? रवि लामिछानेसँग उनीहरूद्वारा गरिएको हर्कतको मकै पोलेर जम्मा गरेको ठूलो सङ्ख्यामा रहेका वचतकर्तालाई जोखिममा पारेर सडकको बास गराउँदै गर्दा स्वतन्त्र पार्टीका जिम्मेवार सदस्यहरूले त्यसतर्फ अर्थात् पीडित व्यक्तिहरूको परिवारको जोखिमबाट छुटकारा पाउनका लागि स्वतन्त्र पार्टीका जिम्मेवार व्यक्तिहरूबाट यो अहम् घृणित कार्यको निदानतर्फ सोचियोस् । रवि लामिछाने अर्थात् एउटा झुटो व्यक्तिको पछि लागेर यस किसिमका व्यक्तिहरूद्वारा स्वतन्त्र पार्टीद्वारा गरिएका व्रिmयाकलाप तथा रविलाई चोख्याउने घृणित कार्य बन्द गरियोस् । रवि लामिछानेद्वारा वचतकर्ताहरूको हिनामिना रकमको परिपूर्तिका लागि, ती वचतकर्ताको रकम सम्बन्धित पक्षसँग पुगोस् यो अहम् सवाल हो । स्वतन्त्र पार्टीका रवि लामिछानेका भ्रष्टाचार, अपराधलाई छोप्ने र त्यसलाई टालटुल गर्ने प्रयास बन्द गरियोस् । राष्ट्रिय स्वतन्त्र पार्टीका सम्बन्धित व्यक्तिहरू देशप्रति र आफ्ना देशका दाजुभाइहरूप्रति उत्तरदायित्व हुनुपर्छ । भ्रष्टाचारमा लिप्त भएका रवि लामिछानेप्रति उचित सजाय दिलाउनका लागि सम्बन्धित क्षेत्रलाई सहयोग गर्नुपर्छ । राष्ट्रिय स्वतन्त्र पार्टी देशको सम्बर्द्धन र विकासमा अहम् भूमिकाको लागि देशप्रति जिम्मेवार भूमिका निर्वाहका लागि आफूलाई मार्ग प्रशस्त गर्न आफू जिम्मेवार हुनुपर्छ । राष्ट्रप्रति निष्ठा मनैदेखि गरौँ ।
लेखक : स्वतन्त्र पत्रकार एवम् प्रेस स्वतन्त्रता सेनानी, २०७४