देशभर थप १ हजार ४५९ जनामा कोरोना संक्रमण

काठमाडौं ३० भदौ २०७७।

मंगलबार देशभर १ हजार ४५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो जानकारी दिएका हुन् आज मंगलवार काठमाण्डौमा ५५५जना, भक्तपुरमा ८६ जना र ललितपुरमा ३५ जनमा कोरोना संक्रमण पुष्टि भएको छ ।

उनका अनुसार पछिल्लो २४ घण्टामा देशभर सक्रिय संक्रमितको संख्या १५ हजार ७८९ रहेको छ । जसमा संस्थागत आइसोलेशनमा ८ हजार १३९ जना रहेका छन् । र,  होम आइसोलेशनमा ७ हजार ६१० जना रहेका छन् । २४ घण्टामा १० हजार ३७५ जनाको पीसीआर परीक्षण भएको छ ।

यस्तै कुल निको हुनेको संख्या ४० हजार ६३८ पुगेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया