२०८२ मंसिर २५ | Dec 11, 2025

दोस्रो प्रदेश स्तरीय ५एस हक्की च्याम्पियनसिप–२०२५ प्रतियोगिता

BusinessPati बिजनेस पाटी
|
२०८२ जेष्ठ २५
|
102 views

ललितपुर। बागमती प्रदेश हक्की संघको आयोजनामा जेठ २५ र २६ गते भक्तपुर जिल्लाको मध्यपुर ठिमी नगरपालिका वडा नं।२ स्थित दिब्यश्वरी प्लानिङ्गमा रहेको रोयल नेपाल फुटशलमा गत वर्ष जस्तै “दोस्रो प्रदेश स्तरीय ५एस हक्की च्याम्पियनसिप–२०२५” प्रतियोगिता भइरहेको छ । प्रतियोगितामा बागमती प्रदेश, गण्डकी प्रदेश, कोशी प्रदेश, सुदुर पश्चिम प्रदेश, मदेश प्रदेश र कर्णली प्रदेशले सहभागीता जनाएको छ ।

नेपालमा हक्की खेलको विकास, प्रवद्र्धन गर्न र विध्यमान प्रदेशस्तरीय हक्की खेलाडीहरुको क्षमता तथा सम्भाव्यता पहिचान गरि नेपाललाई हक्की खेलामा अन्तराष्ट्रिय स्तरमा पुर्याउने उद्देश्यले यो आयोजना गर्न लागिएको बागमती प्रदेश हक्की संघका कार्यवाहक अध्यक्ष राम राजा बस्नेतले जानकारी गराए । भक्तपुर जिल्लामा नै पहिलो चोटी हक्कीको प्रदेश स्तरीय प्रतियोगिता हुन लागेको पनि उनले बताए । सो प्रतियोगितामा प्रथम र द्वितीय हुने सफल टिमलाई ट्रफी, नगद तथा प्रमाण पत्र दिइने उनले जानकारी गराए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया