
ललितपुर । सांस्कृतिक समाज नेपालले आगामी जेष्ठ २६, २७ र २८ मा राष्ट्रिय नाचघर जमलमा अन्तर दोहोरी साँझ स्तरीय “राष्ट्रिय दोहोरीगीत आइडल – २०८२” गर्ने भएको छ । यस दोहोरी आइडल दोहोरी गीत प्रतियोगिता प्रिमियर लिगको पहिलो चरणको कार्यक्रम समेत भएको कार्यक्रमका संयोजक चन्द्र शर्माले जानकारी दिए । शर्माले कार्यक्रमका बारेमा जानकारी दिँदै दोहोरी प्रतियोगितामा सहभागी हुनेले एक दोहोरी साँझबाट एक– एक जना मात्रै गायक गायिकाले सहभागी हुन पाउने बताए ।
सहभागी हुनेले दौरा सुरुवाल लगाएर मात्रै गाउने चलन अन्त्य गरि टाइसुटमा पनि गाउन पाउने कुरा संयोजक शर्माले बताए । कार्यक्रमको मुख्य प्रायोजक बिबिटिएम फाउन्डेसन रहेको छ । राष्ट्रिय दोहोरीगीत आइडल विजेताले ३३३३३ नगद र मोटरसाइकल प्राप्त गर्नेछन् भने दोस्रो हुनेले २२२२२ नगद सहित स्कुटर पाउने पनि जानकारी दिएका छन् । कार्यक्रमबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा आयोजकलाई प्रश्न थियो मिनिस्कट लाएर दोहोरी गाउन मिल्छ ? थप भिडियोमा ।
फेसबुकबाट तपाईको प्रतिक्रिया