२०८२ मंसिर २४ | Dec 10, 2025

धमाधम ट्रंक तथा डेडिकेटेड महशुलको किस्ता बुझाउँदै उद्योग, शिवम् सिमेन्ट र हिमाल आइरनले पनि तिरे पहिलो किस्ता

BusinessPati बिजनेस पाटी
|
२०८२ कार्तिक २५
|
561 views

ललितपुर । विद्युत प्राधिकरणले लाइन काटिदिएपछि उद्योगहरुले धमाधम ट्रंक तथा डेडिकेटेड महशुलको किस्ता बुझाउन थालेका छन् । पछिल्लो पटक शिवम् सिमेन्ट र हिमाल आइरनले पनि ट्रंक तथा डेडिकेटेड महशुलबापतको बक्यौता महशुलको किस्ता बुझाएका छन् ।

दुई उद्योगले पहिलो किस्ता बराबर महशुद रकम प्राधिकरणलाई बुझाएर लाइन जोडाएका छन् । जसमा शिवमले सिमेन्टले २ करोड ३८ लाख रुपैयाँ रकम महशुलबापतको किस्ता बुझाएको छ । प्राधिकरणका अनुसार, शिवमले ६६ करोड ८९ लाख रुपैयाँ महशुल बुझाउन बाँकी थियो ।

त्यसैगरी हिमाल आइरन उद्योगले पनि आइतबार नै महशुलबापतको पहिलो किस्ताको रकम बुझाइसकेको छ । उद्योगले प्राधिकरणलाई महशुलबापत १३ करोड ६५ लाख तिर्न बाँकी थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया