२०८२ कार्तिक २३ | Nov 09, 2025

धर्ना–जुलुस लगायतका कार्यक्रम गर्नु अघि वार्ता एवम् छलफलमार्फत समाधान गर्न गृहको आग्रह

BusinessPati बिजनेस पाटी
|
२०८२ आश्विन २२
|
612 views

ललितपुर । गृह मन्त्रालयले धर्ना–जुलुस लगायतका कार्यक्रम गर्नु अघि वार्ता एवम् छलफलमार्फत समाधान गर्न सरकार सधैं सकारात्मक रहेको जनाएको छ ।

गृह मन्त्रालयका सहसचिव आनन्द काफ्लेद्वारा हस्ताक्षरित विज्ञप्तिमा जेनजी आन्दोलनपश्चात देशमा नयाँ परिस्थिति विकास भएको भन्दै मुलुकमा शान्ति सुव्यवस्था र अमनचयन कायम राख्दै निर्वाचनलाई सफल बनाउन सबै नागरिकले आफ्ना आवाज, अपेक्षा र असन्तुष्टिहरू शान्तिपूर्वक राख्न अनुरोध गरिएको छ ।

विज्ञप्तिमार्फत धर्ना, जुलुसलगायत विरोधका कार्यक्रमहरूलाई सभ्य, मर्यादित र शान्तिपूर्ण बनाउन अनुरोध गरिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया