२०८२ असार २६

ललितपुर । सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण रिट हालेर छुटेका राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई तीन लाख धरौटीमा छोड्न अदालतले आदेश गरेको छ । मिश्र आजै बयानका लागि अदालत गएका हुन् ।
न्यायाधीश तारादेवी महर्जनको इजलासले उक्त आदेश दिएको हो ।
तीनकुनेमा चैत १५ गते भएको हिंसात्मक आन्दोलनपछि मिश्रलाई पक्राउ गरिएको थियो । यसअघि उनीसँगै पक्राउ परेका राप्रपाका महामन्त्री धवलशमशेर राणा ३ लाख धरौटीमा छुटिसकेका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया