२०८२ मंसिर २८ | Dec 14, 2025

नयाँ दल दर्ताका लागि समय आज सकिँदै

BusinessPati बिजनेस पाटी
|
२०८२ कार्तिक ३०
|
1k views

ललितपुर । निर्वाचन आयोगले नयाँ राजनीतिक दल दर्ताका लागि तोकेको समय आज सकिँदैछ । आगामी फागुन २१ गतेका लागि अन्तरिम सरकारले घोषणा गरेको प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगले कार्तिक मसान्तसम्म नयाँ दल दर्ता गर्न समय दिएको थियो । उक्त समय आज सकिँदैछ ।

पहिले नै आयोगमा दर्ता भइसकेका दलहरुले पनि निर्वाचनका लागि पुनः दल दर्ता गर्नुपर्ने प्रावधान छ । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मंसिर १० सम्म राष्ट्रियसभा सदस्य निर्वाचनका लागि मंसिर ७ गतेसम्म दल दर्ता गर्न आयोगले आह्वान गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया