काठमाडौं । नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा. विश्व पौडेलले बुधबार शपथ ग्रहण गरेका छन् । आज गर्भनर डा. पौडेलले सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतबाट सपथग्रहण गरेका छन् । शपथग्रहण लगत्तै डा. पौडेल नेपाल राष्ट्र बैंकको गर्भनको पदभार आजैबाट सम्हाल्ने भएका छन् ।
सरकारले मंगलबार बसेको मन्त्रिपरिणदको बैठकबाट नेपाल राष्ट्र बैंकको गभर्नरमा डा. विश्वनाथ पौडेललाई नियुक्त गरेको थियो । मंगलबार मन्त्रिपरिषद्बाट नियुक्त भएका नवनियुक्त गभर्नर पौडेलले बुधबार संवैधानिक व्यवस्था अनुसार प्रधानन्यायाधीशबाट शपथग्रहण गरेका हुन् । ।