२०८२ मंसिर २८ | Dec 14, 2025

नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक अधिकारीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

BusinessPati बिजनेस पाटी
|
२०८२ मंसिर १७
|
1k views

ललितपुर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध १३ करोड ५७ लाख ४६ हजार २१३ रुपैयाँ ७७ पैसा विगो दाबी गर्दै भ्रष्टाचार मुद्दा दायर गरेको छ । विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

उनीहरुविरुद्ध भक्तपुरको नलिन्चोक हेलिप्याड प्रकरणमा भ्रष्टाचार मुद्दा दायर भएको हो । क्यानका निर्देशक मुरारी भण्डारी र अन्य कर्मचारीहरू उपप्रबन्ध निर्देशक सम्वृद्धि श्रेष्ठ, प्रबन्धक नलविक्रम थापा, प्राइभेट इन्जिनियर गुरुदत्त अधिकारी र अभियन्त्र कन्सलटिङ प्रालि र त्यसका प्रोप्रराइटर विजय थापालाई प्रतिवादी कायम गरिएको छ ।

प्राधिकरणका महानिर्देशक अधिकारी र तत्कालीन निर्देशक मुरारी भण्डारीलाई पक्राउ गरेर विशेष अदालतमा उपस्थित गराइएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया