२०८२ माघ १० | Jan 24, 2026

नारायणी डेभलपमेन्ट बैंकले पायो हकप्रद निष्काशनको अनुमति

BusinessPati बिजनेस पाटी
|
२०८२ श्रावण १६
|
1.4k views

ललितपुर । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले हकप्रद शेयर निष्काशनको अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले बैंकलाई हकप्रद शेयर निष्काशन गर्न अनुमति दिएको छ। विहीबार अर्थात् साउन १५ गते बोर्डले बैंकलाई १ बराबर १ अनुपातमा हकप्रद शेयर निष्काशन गर्न अनुमति दिएको हो।

कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका २६ करोड २४ लाख ६७ हजार ७०० रुपैयाँबराबरको २६ लाख २४ हजार ६७७ कित्ता हकप्रद शेयर निष्काशन गर्न साउन १५ गते बोर्डबाट अनुमति पाएको हो। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया