|
|
२०८२ कार्तिक १६
969 views
ललितपुर । नेपाल वायु सेवा निगममा पहुँचका आधारमा भर्ती गरिएका करारका कर्मचारीलाई तत्काल हटाउन पर्यटनमन्त्री मन्त्रालय समेत सम्हालेकी प्रधानमन्त्री सुशीला कार्कीले निर्देशन दिएकी छिन् । प्रधानमन्त्री कार्कीले आज निगमको सञ्चालक समिति र व्यवस्थापनका अधिकारीहरूलाई सिंहदरबारमा बोलाएर अहिलेसम्म निगम सुधारका लागि बनेका प्रतिवेदनहरूसुझाव कार्यान्वयन गर्न योजनासाथ अघि बढ्न भन्दै यस्तो निर्देशन दिएकी हुन् । प्रधानमन्त्री कार्कीले कतैबाट आउने अनुचित र गैरकानुनी दबाब नसुन्न पनि सुझाव दिइन् ।
‘
कार्यक्रममा अर्थमन्त्री रामेश्वर खनाल, मुख्यसचिव एकनारायण अर्याल लगायत अधिकारीको उपस्थिति थियो ।



















फेसबुकबाट तपाईको प्रतिक्रिया