ललितपुर । यही जेठ १८ गतेदेखि निष्काशन तथा बिक्री खुल्ला गरेको नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड ९ल्क्ष्ँच्ब्० को ऋणपत्रमा आवेदन दिने म्याद थप भएको छ । बैंकको ७ वर्ष अवधिको वार्षिक ६ प्रतिशत ब्याजदर पाइने ‘निफ्रा हरित उर्जा ऋणपत्र ६ प्रतिशत २०८८/८९’ मा अब जेठ २५ गतेसम्म आवेदन दिन सकिनेछ।
सो ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १० लाख कित्ताका लागि आवेदन दिन सक्नेछन्।
यसपटक बैंकले एक हजार अंकित दरका ५ अर्ब रुपैयाँ बराबरको ५० लाख कित्ता ऋणपत्र निष्काशन गरेको हो। सोमध्ये ६० प्रतिशत अर्थात् ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट बाँडफाँट गरिनेछ भने बाँकी रहेको ४० प्रतिशत अर्थात् २ अर्ब रुपैयाँ बराबरको २० लाख कित्ता शेयर सर्वसाधारणमा बाँडफाँट गरिनेछ भएको छ।
सर्वसाधारणमा बाँडफाँट गरिने ऋणपत्रमध्ये १ लाख कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको छ। सर्वसाधारण लगानीकर्ताले १९ लाख कित्ता ऋणपत्रका लागि आवेदन दिन सक्नेछन्।