काठमाडौं । निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिक कार्यक्रमलाई सफल बनाउन सबै मतदाता तथा सरोकारवालाहरुसँग अनुरोध गरेको छ । यसका लागि आयोगले अनलाइनमार्फत् निवेदन पेश गर्न वा सम्बन्धित निर्वाचन कार्यालयमा सम्पर्क गर्न भनेको छ ।
निर्वाचन आयोगबाट स्वीकृत मतदाता नामावली अद्यावधिक कार्यविधि, २०८१ बमोजिम मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन हुन लागेको जानकारी आयोगका सहसचिव एवम् प्रवक्ता नीता पोखरेल अर्यालले दिएकी छन् ।
उक्त कार्यक्रम बमोजिम द्दण्डज्ञ चैत मसान्तसम्ममा १८ वर्ष उमेर पूरा भएका नागरिकको विवरणलाई वि।सं। २०८२ वैशाख १ गतेबाट अद्यावधिकको प्रक्रिया प्रारम्भ भैसकेको छ। मतदाताहरूको प्रारम्भिक नामावली आयोगको वेवसाइट धधध।भभिअतष्यल।नयख।लउ मा प्रकाशन भएकामा अद्यावधिक कार्य सम्पन्न २०८२ वैशाख मसान्तमा अन्तिम मतदाता नामावली प्रकाशन हुने जानकारी अर्यालले दिइन् ।
जसअनुसार, मतदाता नामावली अद्यावधिक गर्ने प्रयोजनको लागि प्रकाशित प्रारम्भिक नामावलीमा त्रुटि भएको भए सच्याउन, कुनै व्यक्तिको विरोधमा उजुरी दिनु पर्ने भए उजुरी दिन, कुनै मतदाताको एक भन्दा बढी स्थानमा नाम समावेश भएमा एक स्थानमा मात्र नाम कायम राख्न तथा मृत्यु भएका एवम् नागरिकता त्याग गरेका मतदाताको नाम मतदाता नामावलीबाट हटाउन वैशाख ७ देखि १४ गतेसम्म सम्बन्धित निर्वाचन कार्यालय वा अनलाइनमार्फत् निवेदन दिन सकिने व्यवस्था रहेको आयोगले जनाएको छ ।
साथै यस अवधिमा पनि नयाँ नाम दर्ता तथा अद्यावधिक कार्य निरन्तर भइरहने आयोगले जनाएको छ ।