२०८२ माघ १० | Jan 24, 2026

निर्वाचन सार्ने, पछि धकेल्नेतर्फ नसोच्न प्रचण्डको चेतावनी

BusinessPati बिजनेस पाटी
|
२०८२ पुष ५
|
765 views


ललितपुर । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले बिभिन्न बहानामा निर्वाचन सार्ने ,पछि धकेल्नेतर्फ नसोच्न चेतावनी दिएका छन् । काठमाडौंमा आयोजित एकता सन्देश सभालाई सम्बोधन गर्दै उनले चुनाव धकेले देश दुर्घटनामा पर्ने भन्दै निर्वाचन पछि धकेले आफूहरू चुप नबस्ने चेतावनी दिएका हुन् ।

प्रचण्डले अहिले केही हदसम्म संविधान मिचिसकेको अवस्थामा भए पनि सरकारले संविधान बारम्बार मिच्ने कोसिस गरे चुप लागेर नबस्ने स्पष्ट पारेका हुन् । उनले त्यागको इतिहास र निष्ठा नभएका, अहंकारी र दम्भीहरूले प्रतिशोधको भाषा मात्र बोलेर हेप्ने दुस्साहस गरेको भन्दै खबरदारी गरेका छन् । प्रचण्डले सामाजिक सञ्जालमा स्टन्ट गरेकै भरमा कुनै इतिहास नभएका मानिसहरूले जनतालाई भ्रममा पारिरहेको बताए ।

उनले आफ्नो पार्टी स्टन्टबाजी नगरेर राष्ट्रको समस्यालाई केन्द्रमा राखेर अघि बढ्ने सङ्कल्पसाथ अघि बढ्ने बताए ।
प्रचण्डले काठमाडौं महानगरपालिका मेयर बालेन शाह र धरान उपमहानगरपालिकाका मेयरलाई आफूले लोकतन्त्रमा फूलेको फूल भनेको तर फूल भनेपनि विस्तारै काँडा बन्दै गइरहेको टिप्पणी गरे ।
उनले खुलामञ्च खुला गर्न सरकारसँग माग गरेका छन् । एक लाख मानिस अट्ने मैदान नहुनु लज्जाको विषय भएको उनको भनाई थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया