२०८२ मंसिर २४ | Dec 10, 2025

निवर्तमान महानिरीक्षक चन्द्रकुबेरलाई उपत्यका बाहिर जान रोक

BusinessPati बिजनेस पाटी
|
२०८२ कार्तिक २७
|
714 views

ललितपुर । जेनजी आन्दोलन जाँचबुझ आयोगले हालै सेवा निवृत्त भएका प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङलाई विदेश भ्रमण र काठमाडौं उपत्यका बाहिर जान रोक लगाएको छ ।

जाँचबुझ आयोगले आज एक प्रेश विज्ञप्ति जारी गर्दै भदौ २३ र २४ गतेका घटनाहरुको छाविन तथा जाँचबुझको लागि कुनै पनि समयमा आयोगमा उपस्थित हुनुपर्ने हुँदा आयोगको स्वीकृति बेगर पूर्व महानिरीक्षक खापुङलाई उपत्यका छाड्न नपाउने व्यवस्था गर्न अनुरोध गरिएको छ ।

सूचनामा उल्लेख गरिएको छ, ‘आजबाट सेवा निवृत्त हुनु भएकाले प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङलाई जाँचबुझ तथा छानबिनका लागि कुनै पनि समयमा यस आयोगमा उपस्थित हुनुपर्ने हुँदा आजैदेखि लागु हुनेगरी निजको विदेश भ्रमणमा रोक लगाउने र आयोगको स्वीकृती बेगर काठमाडौं उपत्यका छाड्न नपाउने व्यवस्था गर्नका लागि सम्बन्धित निकायमा पत्राचार गर्ने ।’

फेसबुकबाट तपाईको प्रतिक्रिया