२०८२ माघ १० | Jan 24, 2026

नेकपाले लगायो सातवटै प्रदेशमा राष्ट्रियसभाका उम्मेदवार टुंगो, मधेशमा शम्भु पासवानदेखि सुदुरमा टिकाराम जैशीसम्म

BusinessPati बिजनेस पाटी
|
२०८२ पुष २३
|
2k views

ललितपुर। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले पनि राष्ट्रियसभा सदस्यको उम्मेदवार टुंगो लगाएको छ। नेकपाले १८ वटै पदमा एकल उम्मेदवारी दिने गरी सातवटै प्रदेशमा उम्मेदवारी टुंगो लगाएको हो।

आज उम्मेवार मनोनयन गर्ने दिन नेपाली एमाले र काँग्रेसपछि नेकपाले पनि राष्ट्रियसभा सदस्यको उम्मेदवारहरूको टुंगो लगाएको छ ।

नेकपाले कोशी प्रदेशमा खेमराज सुन्दास, हेमराज घिमिरे, नमिता न्यौपानेको नाम टुंगो लगाएको छ भने मधेश प्रदेशमा रामनन्दन प्रसाद, लक्ष्मण पौडेल, शम्भु पासवान​ र समिकुमारी अग्रवालको नाम टुंगो लगाएको छ ।

यस्तै बागमती प्रदेशमा प्रेम प्रसाद सापकोटा, सरोज कुमारी झाको नाम टुंग्याएको छ भने गण्डकीमा कपिल लामा र लुम्बिनीमा क्रमशः दुर्गा भण्डारी, वृहस्पति अधिकारी र सर्जन बिकको नाम टुंगो लगाएको हो ।

त्यसैगरी कर्णाली प्रदेशबाट बुद्धिप्रसाद शर्मा र अन्जु महतरा छन् भने सुदूरपश्चिमबाट टीकाराम जैशी र रोजी बस्नेत सुनारको नाम टुंगो लगाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया