|
|
२०८२ कार्तिक १९
969 views
ललितपुर । बुधबार नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) लगायतका नौ वटा राजनीतिक दलहरुबीच एकता घोषणा हुँदैछ । काठमाडौंको भृकटीमण्डपमा बुधबार दिउँसो १ बजे एक कार्यक्रमका बीच नौ दलको पार्टी एकता हुँदैछ ।
गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि कम्युनिष्टहरु एक हुनुपर्ने रायसहित नौ वटा पार्टीले एकता गर्न लागेका हुन् । वाम कम्युनिष्ट एकता आजको आवश्यकता भएको भन्दै कम्युनिष्ट पार्टीहरु यसरी एक हुन लागेका हुन् ।
जसमा माओवादी केन्द्रकै जनार्दन शर्मा पक्ष र एकीकृत समाजवादीको झलनाथ खनाल र घनश्याम भुसाल पक्षधर नेताहरु भने असहमतिका साथ एकता प्रक्रियाबाट बाहिरिएका छन् ।
















फेसबुकबाट तपाईको प्रतिक्रिया