ललितपुर । नेको इन्सुरेन्स लिमिटेडको शुक्रबार बसेको २९औँ वार्षिक साधारणसभाले सेयरधनीहरूलाई बोनस सेयर तथा कर प्रयोजनको लागि ०.३६८४ प्रतिशत नगद लाभांश दिने निर्णय पारित गरेको छ ।
साधारण सभाले सात प्रतिशत बोनस सेयर पारित गर्दै आर्थिक वर्ष २०८०÷०८१ को कम्पनीको वित्तीय विवरण पनि पारित गरेको छ । साथै,
सभाले आर्थिक वर्ष २०८१÷०८२ को लागि लेखापरीक्षक नियुक्ति अनुमोदन गर्नुको साथै बोनस सेयर जारीपश्चात् हुने कम्पनीको पुँजी वृद्धि गर्ने प्रस्ताव समेत पारित गरेको छ ।